दफा २५७: सगोलको सम्पत्ति मानिने

Estimated reading: 0 minutes 32 views

१) दफा २५६ को अधीनमा रही सगोलका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको भए पनि देहायको कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति सगोलको सम्पत्ति मानिनेछ:

(क) पुर्ख्यौलीबाट प्राप्त सम्पत्ति,

(ख) निजी सम्पत्ति बाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति,

(ग) अंशियारले सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट अर्जन गरेको वा सोबाट बढे बढाएको सम्पत्ति ।

२) कानून बमोजिम भिन्न भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति हुनेछ ।

३) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बाबु आमा र छोरा छोरी बीच अंशबण्डा गर्ने प्रयोजनको लागि बाबु आमाले आर्जन गरेको सम्पत्ति समेत सगोलको सम्पत्ति मानिनेछ ।

४) सगोलको सम्पत्तिको उपभोग, हक हस्तान्तरण तथा अन्य व्यवस्था यस संहिताको अन्य परिच्छेद बमोजिम हुनेछ।

Share this Law

दफा २५७: सगोलको सम्पत्ति मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.