दफा २१५: अंश छोडपत्र गर्न सक्ने

Estimated reading: 0 minutes 14 views

१) कुनै अंशियारले आफ्नो अंश आंशिक रूपमा लिई वा नलिई वा अंश बापत केही नगदी वा जिन्सी मात्र लिई अंश छोडपत्र गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिम अंश छोडपत्र गर्दा कुनै अंशियारको पति, पत्नी वा उमेर पुगेका छोरा, छोरी भएमा त्यस्ता पति, पत्नी वा छोरा, छोरीको मन्जुरी लिएमा मात्र अंश छोडपत्र गर्न सक्नेछन ।

तर नाबालक अंशियारको अंश हक छोडपत्र गर्न सकिने छैन ।

३) उपदफा (१) बमोजिम अंश छोडपत्र भएकोमा निजको अंश भए सरह मानिनेछ ।

४) अंश छोडपत्र गर्दा वा अंश बुझिलिनु पर्दा अंशियार आफैं उपस्थित हुनु पर्नेछ ।

तर निज उपस्थित हुन नसकेमा त्यस प्रयोजनका लागि निजले कानून बमोजिम अधिकृत वारेस नियुक्ति गर्नु पर्नेछ ।

Share this Law

दफा २१५: अंश छोडपत्र गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.