दफा १३१: खास किसिमका हातहतियार प्राप्त गर्न नहुने

Estimated reading: 1 minute 36 views

१) कसैले देहायका खास किसिमका हातहतियार खरिद बिक्री गरी वा दान, उपहार, पुरस्कार, अंश, अपुतालीबाट वा अन्य कुनै किसिमबाट प्राप्त गर्न, राख्न, सञ्चय गर्न, भण्डारण गर्न र अधिकार प्राप्त अधिकारीको आदेश बिना प्रयोग गर्न, ओसार पसार गर्न वा निकासी वा पैठारी गर्न हुँदैन:-

(क) बखतरबन्द गाडी (ट्याङ्क) तथा त्यसको खरखजाना,

(ख) तोप वा मोर्टार तथा त्यसको खरखजाना,

(ग) मेशिनगन तथा त्यसको खरखजाना,

(घ) जुनसुकै प्रकारको राइफल तथा त्यसको खरखजाना,

(ङ) सर्वसाधारणले प्राप्त गर्न वा राख्न नहुने भनी अधिकार प्राप्त अधिकारीले तोकेका अन्य हातहतियार तथा त्यसको खरखजाना ।

२) उपदफा (१) मा उल्लिखित हातहतियार प्राप्त गर्ने व्यक्तिले त्यस्तो हातहतियार प्राप्त भएको मितिले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्नेछ ।

३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रूपैयाँसम्म जरिबाना हुनेछ ।

४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सुरक्षाको कामसँग सम्बन्धित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका अधिकृत तथा जवानले वा कानून बमोजिम हातहतियार प्रयोग गर्न पाउने अन्य सुरक्षाकर्मीले आफ्नो कर्तव्य पालनको सिलसिलामा त्यस्ता हातहतियार राख्न वा प्रयोग गर्न बाधा पुगेको मानिने छैन ।

Share this Law

दफा १३१: खास किसिमका हातहतियार प्राप्त गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.