दफा २०१: अनुगमन गर्ने

Estimated reading: 0 minutes 31 views

१) विदेशीले धर्मपुत्र वा धर्मपुत्री बनाई लगेका नेपाली नाबालकलाई बालिग नभएसम्म पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरचाहको व्यवस्था गरे वा नगरेको सम्बन्धमा बोर्ड आफैले अनुगमन गर्न वा त्यस्तो कामको लागि आवश्यकतानुसार सम्बन्धित देशमा रहेको नेपाली राजदूतावास वा वाणिज्य दूतावासको प्रतिनिधि समेत रहने गरी उपसमिति गठन गर्न सक्नेछ।

२) बोर्ड वा उपदफा (१) बमोजिमको उपसमितिले सो प्रयोजनको लागि बालबालिका रहे बसेको ठाउँमा गई अनुगमन गर्न सक्नेछ।

३) उपदफा (२) बमोजिम बोर्ड वा उपसमितिले आफूले गरेको अनुगमनको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ।

४) उपदफा (३) बमोजिमको प्रतिवेदनमा अन्य कुराका अतिरिक्त धर्मपुत्र वा धर्मपुत्री भएको नेपाली नाबालक धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने व्यक्तिसँग बस्दा त्यस्तो नाबालकको सर्वोत्तम हित भए वा नभएको व्यहोरा समेत उल्लेख गर्नु पर्नेछ ।

५) उपदफा (३) बमोजिम प्राप्त प्रतिवेदनमा धर्मपुत्र वा धर्मपुत्री भएको नेपाली नाबालक धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने व्यक्तिसँग बस्दा त्यस्तो नाबालकको सर्वोत्तम हित नभएको व्यहोरा उल्लेख भई आएमा नेपाल सरकारले सम्बन्धित नाबालक राय दिन सक्ने अवस्थाको भएमा वा दश वर्षभन्दा बढी उमेरको भाषा निजको राय समेत लिएर सम्बन्धित मुलुकको सरकार समक्ष कूटनैतिक माध्यम मार्फत त्यस्तो विषयमा ध्यानाकर्षण गराउनेछ ।

६) उपदफा (५) बमोजिम ध्यानाकर्षण गराइएकोमा धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गरिएको नेपाली नाबालकको स्थितिमा सुधार नआएमा भविष्यमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो मुलुकका नागरिकलाई नेपालमा अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न सकिने मुलुकको रूपमा खुला गरिएको सूचीबाट हटाउनेछ ।

Share this Law

दफा २०१: अनुगमन गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.