दफा २: परिभाषा

Estimated reading: 0 minutes 201 views

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,

(क) “संस्था” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था सम्झनु पर्छ ।

(ख) “परिषद्” भन्नाले दफा ७ बमोजिम गठन भएको परिषद् सम्झनु पर्छ ।

(ग) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।

(घ) “उपाध्यक्ष” भन्नाले परिषद्‌को उपाध्यक्ष सम्झनु पर्छ ।

(ङ) “पार्षद्” भन्नाले परिषद्‌को सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष तथा उपाध्यक्षलाई समेत जनाउँछ ।

(च) “कार्यकारी निर्देशक” भन्नाले दफा ३८ बमोजिम नियुक्त भएको कार्यकारी निर्देशक सम्झनु पर्छ।

(छ) “सदस्य” भन्नाले यस ऐन बमोजिम संस्थामा नाम दर्ता गराई संस्थाको सदस्यता प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ ।

(ज) “चार्टर्ड एकाउन्टेन्ट” भन्नाले दफा १६ को उपदफा (२) बमोजिम संस्थाको सदस्यता प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ ।

(ज१) “फेलो चार्टर्ड एकाउन्टेन्ट (एफ.सी.ए.)” भन्नाले दफा १७ बमोजिम संस्थाको सदस्यता प्राप्त गरेको सदस्य सम्झनु पर्छ ।

(झ) “दर्तावाला लेखापरीक्षक (रजिष्टर्ड अडिटर)” भन्नाले लेखापरीक्षक सम्बन्धी ऐन, २०३१ बमोजिम लेखापरीक्षकको प्रमाणपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ ।

(ञ) “पेशागत प्रमाणपत्र” भन्नाले पेशागत रुपमा लेखा व्यवसाय गर्न दफा २८ बमोजिम प्रदान गरिएको प्रमाणपत्र सम्झनु पर्छ ।

(ञ१) “लेखापरीक्षण” भन्नाले पेशागत प्रमाणपत्र लिई प्रचलित कानून बमोजिम गरिने लेखापरीक्षण सम्झनु पर्छ ।

(ञ२) “विदेशी लेखा व्यवसायी संस्था” भन्नाले विदेशी मुलुकमा सार्वजनिक लेखा व्यवसायलाई नियमन गर्ने अधिकार प्राप्त भएको राष्ट्रिय स्तरको चार्टर्ड एकाउन्टेन्ट्स संस्था वा सो सरहको लेखा व्यवसायी संस्था सम्झनु पर्छ ।

(ञ३) “लेखामान बोर्ड (एकाउन्टीङ्ग स्टैण्डर्डस बोर्ड)” भन्नाले दफा १५क. बमोजिम गठन भएको लेखामान बोर्ड सम्झनु पर्छ ।

(ञ४) “लेखापरीक्षणमान बोर्ड (स्टैण्डर्डस अन अडिटिङ्ग बोर्ड)” भन्नाले दफा १५घ. बमोजिम गठन भएको लेखापरीक्षणमान बोर्ड सम्झनु पर्छ ।

(ञ५) “लेखामान (एकाउन्टीङ्गस्टैण्डर्डस)” भन्नाले लेखा व्यवसाय र वित्तीय प्रतिवेदनलाई सुव्यवस्थित र नियमन गर्नको लागि लेखामान बोर्डबाट व्यवस्थित वा सिफारिस गरिएका लेखामान र तत् सम्बन्धी निर्देशिका तथा व्याख्या सम्झनु पर्छ ।

(ञ६) “लेखापरीक्षणमान (स्टैण्डर्ड्स अन अडिटिङ्ग” भन्नाले लेखा व्यवसाय र लेखापरीक्षणलाई सुव्यवस्थित र नियमन गर्नको लागि लेखापरीक्षणमान बोर्डबाट व्यवस्थित वा सिफारिस गरिएका लेखापरीक्षणमान र तत् सम्बन्धी निर्देशिका तथा व्याख्या सम्झनु पर्छ ।

(ट) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा बमोजिम सम्झनु पर्छ ।

१ पहिलो संशोधनद्वारा संशोधित।

२ पहिलो संशोधनद्वारा थप ।

Share this Law

दफा २: परिभाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.