धारा २३४ः अन्तर प्रदेश परिषद

Estimated reading: 1 minute 5 views

१) संघ र प्रदेश बीच तथा प्रदेश-प्रदेश बीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न देहाय बमोजिमको एक अन्तर प्रदेश परिषद रहनेछः-

(क) प्रधानमन्त्री – अध्यक्ष

(ख) नेपाल सरकारका गृहमन्त्री – सदस्य

(ग) नेपाल सरकारका अर्थमन्त्री – सदस्य

(घ) सम्बन्धित प्रदेशका मुख्यमन्त्री – सदस्य

२) अन्तर प्रदेश परिषदको बैठक आवश्यकता अनुसार बस्नेछ ।

३) अन्तर प्रदेश परिषदले आफ्नो बैठकमा विवादको विषयसँग सम्बन्धित नेपाल सरकारको मन्त्री र सम्बन्धित प्रदेशको मन्त्री तथा विशेषज्ञलाई आमन्त्रण गर्न सक्नेछ ।

४) अन्तर प्रदेश परिषदको बैठक सम्बन्धी कार्यविधि सो परिषद आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

Share this Law

धारा २३४ः अन्तर प्रदेश परिषद

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.