दफा ३०: समितिको बैठक र निर्णय

Estimated reading: 1 minute 3 views

१) समितिको बैठक कम्तीमा छ महिनाको एक पटक बस्नेछ र आवश्यकता अनुसार जतिसुकै पटक पनि बस्न सक्नेछ ।

२) समितिको बैठक अध्यक्षले तोकेको मिति, स्थान र समयमा बस्नेछ ।

३) समितिको सदस्य-सचिवले समितिको बैठक बस्नु भन्दा कम्तीमा चौबीस घण्टा अगाडि बैठकमा छलफल हुने विषय संलग्न गराई बैठक मिति, समय र स्थानको जानकारी समितिका सदस्यहरूलाई उपलब्ध गराउनु पर्नेछ ।

४) उपधारा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष कारण परी समितिको बैठक बोलाउन अत्यावश्यक भएमा सोभन्दा कम अवधिको सूचना दिई बैठक बोलाउन सकिनेछ ।

५) पचास प्रतिशतभन्दा बढी समितिका सदस्यहरू उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

६) समितिको बैठकको बहुमतको निर्णय समितिको निर्णय मानिनेछ । मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

तर कोषमा रोजगारदाताको तर्फबाट बीस प्रतिशत र श्रमिकको तर्फबाट एघार प्रतिशतभन्दा हुने गरी योगदानयोग्य आयको योगदान दर निर्धारण गर्नुपर्ने भएमा निर्णय गर्दा दफा २९ को उपदफा (१) को खण्ड (छ) र (ज) बमोजिमका सदस्यहरु उपस्थित भएको बैठकको निर्णयबाट गर्नु पर्नेछ ।

७) समितिले आवश्यकता अनुसार कुनै विज्ञ वा विशेषज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ । समितिको बैठकमा आमन्त्रित व्यक्तिलाई मतदानको अधिकार हुने छैन ।

८) समितिको बैठकको निर्णय सदस्य-सचिवले प्रमाणित गर्नेछ ।

९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ३०: समितिको बैठक र निर्णय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.