दफा ६२१: लिज करार अन्त्य गर्न सकिन

Estimated reading: 1 minute 31 views

१) देहायका कुनै अवस्थामा लिजदाताले लिज करार अन्त्य गर्न सक्नेछ:-

(क) लिजदाताले अन्यथा अनुमति दिएकोमा बाहेक लिजप्राप्तकर्ताले लिजबहाल भुक्तानी गर्नु पर्ने दिन व्यतित भएको नब्बे दिनसम्म लिजबहाल रकम भुक्तान नगरेमा,

(ख) लिजप्राप्तकर्ताले दफा ६१२ विपरीत लिजमा लिएको वस्तुको भोगचलन वा प्रयोग गरेमा,

(ग) लिजप्राप्तकर्ताले दफा ६१४ को उपदफा (१) बमोजिमका विषयमा जानकारी नगराएमा वा नदिएमा,

(घ) लिजप्राप्तकर्ताले दफा ६१५ को उपदफा (२) बमोजिम लिजमा लिएको वस्तुको प्रकृति अनुसार मनासिब समयभित्र पूर्वावस्थामा नल्याएमा,

(ङ) लिजदाताको पूर्वस्वीकृति बिना दोस्रो लिजमा दिएमा ।

२) देहायका कुनै अवस्थामा लिजप्राप्तकर्ताले लिज करार अन्त्य गर्न सक्नेछ:-

(क) लिजमा लिएको वस्तु जुन प्रयोजन वा उद्देश्यको लागि लिएको हो सो प्रयोजन वा उद्देश्यका लागि भोगचलन वा प्रयोग गर्न नसकिने भएमा,

(ख) लिजदाताले दफा ६१३ को उपदफा (३) बमोजिम मर्मत सम्भारको रकम शोधभर्ना वा लिज बहालमा समायोजन नगरेमा, 

(ग) लिजदाताले दफा ६१४ को उपदफा (३) वा दफा ६१५ को उपदफा (४) बमोजिम लिजबहाल रकम नघटाएमा वा घटाउन मञ्जुर नगरेमा । 

Share this Law

दफा ६२१: लिज करार अन्त्य गर्न सकिन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.