दफा ४९१: यथास्थितिमा वस्तु फिर्ता गर्नु पर्ने

Estimated reading: 0 minutes 3 views

१) कसैले कुनै व्यक्तिको स्वामित्व वा भोगमा रहेको वस्तु कुनै खास कामको लागि भाडा तिर्ने वा नतिर्ने वा सापटी वा पैँचो जुनसुकै शर्तमा लिए पनि त्यस्तो कार्य सम्पन्न भएपछि आफुले जुन प्रकार, परिमाण र गुणस्तरको वस्तु लिएको हो सोही प्रकार, परिमाण र गुणस्तरको वस्तु स्वामित्व वा भोगवालालाई फिर्ता गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम लिएको वस्तु हराएमा, नासिएमा, फुटेमा, बिग्रेमा वा अन्य कुनै किसिमले क्षति भएमा लिखतमा अन्यथा भएकोमा बाहेक वस्तु लिनेले त्यस्तै किसिमको अन्य वस्तुको व्यवस्था गरी स्वामित्व वा भोगवालालाई फिर्ता गर्नु पर्नेछ र त्यस्तै वस्तु पाउन सकिने अवस्था नभएमा त्यस्तो वस्तुको प्रचलित बजार मूल्य बराबरको रकम स्वामित्व वा भोगवालालाई बुझाउनु पर्नेछ ।

३) उपदफा (१) वा (२) बमोजिम वस्तु, त्यस्तो वस्तु बापतको भाडा वा रकम बुझाउने सम्बन्धमा अन्यथा भएकोमा बाहेक जुन कामको लागि वस्तु लिएको हो त्यस्तो काम सम्पन्न भएको पन्ध्र दिनभित्र स्वामित्व वा भोगवालालाई त्यस्तो वस्तु वा भाडाको रकम बुझाउनु पर्नेछ ।

४) उपदफा (३) बमोजिमको म्यादभित्र वस्तु लिनले स्वामित्व वा भोगवालालाई वस्तु वा रकम नवुझाएमा त्यसबाट मर्का पने व्यक्तिले त्यस्तो वस्तुको रकम र आफूलाई भएको नोक्सानी बापत मनासिब क्षतिपूर्ति समेत भराई लिन सक्नेछ।

Share this Law

दफा ४९१: यथास्थितिमा वस्तु फिर्ता गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.