दफा १९९: धर्मपुत्र, धर्मपुत्रीको रूपमा ग्रहण गर्न दिने सम्बन्धी विशेष व्यवस्था

Estimated reading: 0 minutes 39 views

१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ख्याति प्राप्त कुनै विदेशी नागरिकले दफा १९१ बमोजिमको कुनै नाबालकलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न चाहेमा सम्बन्धित देशको राष्ट्रप्रमुख, सरकार प्रमुख वा परराष्ट्र मन्त्रीको औपचारिक सिफारिस सहित बोर्ड समक्ष निवेदन दिन सक्नेछ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “ख्याति प्राप्त विदेशी नागरिक” भन्नाले देहायका कुनै व्यक्ति सम्झनु पर्छ:

(क) विदेशी राष्ट्राध्यक्ष वा सरकार प्रमुख,

(ख) अन्तर्राष्ट्रिय अन्तर सरकारी संगठनका प्रमुख,

(ग) नोबेल पुरस्कार विजेता,

(घ) वार्षिक तीन लाख अमेरिकी डलरभन्दा बढी आम्दानी भएको व्यक्ति वा व्यवसायी ।

२) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा त्यस्तो विदेशी नागरिकलाई निजको माग बमोजिमको नाबालक धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गर्न दिन मनासिब देखेमा बोर्डले सोही व्यवहारको सिफारिस नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष गर्न सक्नेछ ।

३) उपदफा (२) बमोजिम सिफारिस भएका नेपाल सरकार, मन्त्रिपरिषद्ले त्यस्तो विदेशी नागरिकलाई निजको माग बमोजिमको नाबालक धर्मपुत्र, धर्मपुत्रीको रूपमा ग्रहण गर्न स्वीकृति दिन सक्नेछ।

४) यस दफा बमोजिम धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने विदेशी नागरिकले त्यसरी धर्मपुत्र वा धर्मपुत्रीको रूपमा ग्रहण गरिसकेपछि यस परिच्छेदमा लेखिएका अन्य व्यवस्था पालना गर्नु पर्नेछ।

Share this Law

दफा १९९: धर्मपुत्र, धर्मपुत्रीको रूपमा ग्रहण गर्न दिने सम्बन्धी विशेष व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.