दफा ५०४: करार भएको मानिने

Estimated reading: 1 minute 3 views

१) दुई वा दुई भन्दा बढी व्यक्तिहरूबीच कुनै काम गर्न वा नगर्नका लागि कानून बमोजिम कार्यान्वयन गर्न सकिने कुनै सम्झौता भएमा करार भएको मानिनेछ ।

२) उपदफा (१) को प्रयोजनको लागि एक व्यक्तिले अर्को व्यक्ति समक्ष करार गर्न राखेको प्रस्तावमा त्यसरी प्रस्तावित व्यक्तिले स्वीकृति जनाएपछि करार भएको मानिनेछ ।

३) करार भएपछि करारका पक्षहरूबीच बाध्यतात्मक कानूनी सम्बन्ध कायम हुनेछ ।

स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनका लागि,-

(१) “प्रस्ताव” भन्नाले कुनै काम गर्न वा नगर्नका लागि स्वीकृति पाउने अभिप्रायले एक व्यक्तिले अर्को व्यक्ति समक्ष राखेको प्रस्ताव सम्झनु पर्छ ।

(२) “स्वीकृति” भन्नाले प्रस्तावका कुराहरू प्रस्तावकले जुन अर्थमा प्रस्ताव गरेको छ सो कुराका सम्बन्धमा प्रस्तावित व्यक्तिले सोही अर्थमा दिएको सहमति सम्झनु पर्छ ।

Share this Law

दफा ५०४: करार भएको मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.