दफा १९२क. : तेजाब प्रयोग गरी अङ्गभङ्ग गर्न नहुने

Estimated reading: 0 minutes 3 views

१) कसैले कसैलाई तेजाब फ्याँकी, छर्किई, खन्याई वा प्रयोग गरी वा सेवन गराई अङ्गभङ्ग गनु वा गराउनु वा शारीरिक क्षति पुर्‍याउनु हुँदैन।

स्पष्टीकरण: यस संहितको प्रयोजनका लागि “तेजाब” भन्नाले मानव अङ्ग, जीवजन्तु वा अन्य जैविक वा गैरजैविक वस्तुलाई जलाउने (बर्न), घातक क्षति पुर्‍याउने (कोरोसिभ) वा अन्य कुनै किसिमले गम्भीर असर पुर्‍याउने अकारबोनिक (इनअर्गानिक) एसिडजन्य रासायनिक पदार्थ सम्झनु पर्छ र सो शब्दले नाइट्रिक एसिड, सल्फरिक एसिड र हाइड्रोक्लोरिक एसिड तथा अन्य घातक तथा ज्वलनशील रासायनिक पदार्थलाई समेत जनाउँछ।

२) उपदफा (१) बमोजिमको कुनै कार्य गर्दा वा त्यस्तो कार्यको परिणाम स्वरूप कसैको दुवै आँखा जली वा क्षति भई पूर्णरूपमा दृष्टि नष्ट भएमा, दुवै कान जली वा क्षति भई सुन्ने शक्ति पूर्णरूपमा नष्ट भएमा, नाक जली वा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्णरूपमा जली वा क्षति भई कुरूप भएमा, महिला भए दुवै स्तन जली वा क्षति भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएमा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई बीस वर्ष कैद र दश लाख रुपैयाँ जरिबाना हुनेछ।

३) उपदफा (२) मा लेखिएकोमा बाहेक उपदफा (१) बमोजिमको कुनै कार्य गरी वा त्यसको परिणाम स्वरूप कसैको एउटा आँखा, एउटा कान जली वा क्षति भई काम नलाग्ने भएमा, आंशिक रूपमा अनुहार जली वा क्षति भई कुरूप भएमा, महिला भए एउटा स्तन जली वा क्षति भई काम नलाग्ने भएमा, दुवै हात जली काम नलाग्ने भएमा वा दुवै गोडा पूर्णरूपमा जली काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड जली वा क्षति भई काम नलाग्ने भएमा पन्ध्र वर्ष देखि बीस वर्षसम्म कैद र सात लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिबाना हुनेछ।

४) उपदफा (२) वा (३) मा लेखिएकोमा बाहेक उपदफा (१) बमोजिमको कुनै कार्य गर्दा वा त्यसको परिणाम स्वरूप कसैको शरीरको अन्य कुनै अङ्गभङ्ग वा शारीरिक क्षति भएमा कसुरको प्रकृति बमोजिम सात वर्षदेखि दश वर्षसम्म कैद र पाँच लाख रुपैयाँदेखि सात लाख रुपैयाँसम्म जरिबाना हुनेछ।

५) उपदफा (१) बमोजिम भएको कसुरबाट पीडित व्यक्तिको तत्काल मृत्यु नभई सोही कार्यको परिणाम स्वरूपमा त्यस्तो कसुर भएको मितिके एक वर्षभित्र मृत्यु भएमा ज्यान मारेको कसुर र उपदफा (२), (३) वा (४) बमोजिमको परिणाम  निस्केमा सोही उपदफा बमोजिमको कसुर भएको मानिनेछ।

६) कसैले उपदफा (१) बमोजिमको कार्य गर्न खोज्दा सम्बन्धित व्यक्तिलाई नलागेमा वा कोही त्यसबाट छलिएमा वा उम्किएमा त्यस्तो कार्य गर्न खोज्ने व्यक्तिले यस दफा बमोजिम कसूर गर्न उद्योग गरेको मानिनेछ र सो बापत पाँच वर्षदेखि सात वर्षसम्म कैद र एक लाख रूपैयाँदेखि तीन लाख रूपैयाँसम्म जरिबाना हुनेछ।

७) उपदफा (२), (३) वा (४) बमोजिम जरिबाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्नेछ।

८) यस दफा बमोजिम भएको कसूरबाट पीडित व्यक्तिलाई भएको शारीरिक र मानसिक पीडा र अङ्गभङ्गको गम्भीरता तथा जरिबाना रकम समेत विचार गरी सजाय निर्धारण गर्दा मनासिब क्षतिपूर्ति भराउनु पर्नेछ।

Share this Law

दफा १९२क. : तेजाब प्रयोग गरी अङ्गभङ्ग गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.