दफा ६०: ऋणको हिसाब मिलान गर्ने अवसर दिनु पर्ने

Estimated reading: 0 minutes 7 views

१) दफा ५८ को उपदफा (१) बमोजिम दामासाही सम्बन्धी कारबाही प्रारम्भ गन अदालतले आदेश दिएकोमा ऋणीको जायजेथा, ऋण तथा अन्य दायित्व यकिन भएपछि सोही दफाको उपदफा (३) बमोजिम सम्पत्ति व्यवस्थापन गर्न जिम्मेवारी पाएको स्थानीय तह, ट्रष्टी वा व्यक्तिले ऋणी, साहु वा अन्य दावीकर्ताहरूको बैठक बोलाउनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम बोलाइएको बैठकमा दामासाहीमा पर्न लागेको व्यक्तिको ऋण वा अन्य दायित्व त्यस्तो व्यक्ति र साहु वा दावीकर्ता बीच आपसी सहमतिमा त्यस्तो व्यक्तिको सबै वा कुनै जायजेथाबाट आफ्नो दावी पूरा वा आंशिक रूपमा त्याग्न वा आफ्नो दावी भन्दा कम रकम लिई हिसाब मिलान गर्न मनासिब अवसर दिनु पर्नेछ ।

३) उपदफा (२) बमोजिम हिसाब मिलान गर्दा कुनै साहूले केही वा अधिकांश साहूको ऋण वा दावी चुक्ता गरी त्यस्तो व्यक्तिको विरुद्ध एक मुष्ट दावी पेश गर्ने व्यवस्था गर्न सकिनेछ ।

४) उपदफा (२) वा (३) बमोजिम पक्षहरू बीच सहमति कायम भएमा वा पक्षहरूको सहमतिबाट अन्य कुनै कारणले तत्काल दामासाही सम्बन्धी कारवाही स्थगन गर्न सम्बन्धित पक्षहरू मन्जुर भएमा सोही बमोजिम अदालतमा संयुक्त निवेदन दिन सकिनेछ ।

५) उपदफा (४) बमोजिम दामासाही सम्बन्धी कारवाही स्थगन गर्न निवेदन पर्न आएमा अदालतले दफा ५४ को उपदफा (२) को खण्ड (ख) को अवधिमा नबढ्ने गरी माग भए बमोजिम दामासाही सम्बन्धी कारवाही स्थगन गर्न आदेश दिनु पर्नेछ ।

(६) उपदफा (५) बमोजिम आदेश भएकोमा त्यस्तो अवधि व्यतीत नभई त्यस्तो व्यक्तिको जायजेथाका सम्बन्धमा दामासाही सम्बन्धी कारवाही गर्न सकिने छैन ।

Share this Law

दफा ६०: ऋणको हिसाब मिलान गर्ने अवसर दिनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.