दफा ५२२: करारको पारस्परिक परिपालना

Estimated reading: 0 minutes 1 views

१) करारका पक्षहरूले सँगसँगै दायित्व पूरा गर्नु पर्ने गरी भएको करारमा एक पक्षले आधारभूत रूपमा आफ्नो दायित्व पूरा नगर्ने किसिमको व्यवहार वा मनसाय देखिएमा अर्को पक्षले आफ्नो कबुल पूरा गर्न आवश्यक पर्ने छैन ।

२) करारमा नै कुनै कबुल पूरा गर्ने सम्बन्धमा प्राथमिकताक्रम तोकिएकोमा सोही बमोजिम र त्यस्तो क्रम नतोकिएकोमा करारको प्रकृति अनुसार जसले पहिले कबुल परिपालना गर्नु पर्ने हो निजले पहिले कबुल परिपालना गर्नु पर्नेछ ।

३) पारस्परिक कबुलहरू भएको कुनै करारमा एउटा कबुल पूरा नगरी अर्को कबुल पूरा गर्न नसकिने रहेछ भने कुनै एक पक्षले आफ्नो कबुल पूरा नगरेको कारणले अर्को पक्षबाट करार पालना हुन नसकी भएको हानि, नोक्सानी हुन गएको व्यक्तो पक्षले भराई लिन सक्नेछ ।

४) उपदफा (१) बमोजिम पक्षहरूले सँगसँगै दायित्व पूरा गर्नु पर्ने गरी करार भएकोमा कुनै पक्षले अर्को पक्षलाई त्यस्तो करारको परिपालना गर्न नसक्ने गरी रोक लगाएमा करारको परिपालना गर्न असमर्थ अर्को पक्षले त्यस्तो करारलाई रद्द गराउन र त्यसरी करार रद्द भएको कारणबाट कुनै हानि, नोक्सानी हुन गएको भए त्यस्तो समेत भराई लिनु पाउनेछ।

Share this Law

दफा ५२२: करारको पारस्परिक परिपालना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.