दफा ७: परिषद्को गठन

Estimated reading: 1 minute 214 views

१) संस्थाको उद्देश्य प्राप्तिको लागि आवश्यक कार्यक्रमहरु सुव्यवस्थित रुपले सञ्चालन गर्न गराउन र संस्थाको सम्पूर्ण काम कारबाहीहरुको रेखदेख तथा प्रबन्ध गर्नको लागि एक परिषद् गठन हुनेछ।

२) यस ऐनमा अन्यत्र अन्य व्यवस्था भएकोमा बाहेक परिषद्‌ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम र विनियमका अधीनमा रही संस्थालाई भएको सबै अधिकारको प्रयोग र कर्तव्यको पालन गर्नेछ ।

३) परिषदमा देहायका पार्षद्हरु रहनेछन्ः-

(क) चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुले आफूमध्येबाट निर्वाचित दश जना – सदस्य

(ख) दर्तावाला लेखापरीक्षक सदस्यहरुले आफूमध्येबाट निर्वाचित चारजना – सदस्य

(ग) महालेखा परीक्षकको सिफारिसमा नेपाल सरकारले लेखा सम्बन्धी अनुभव भएका व्यक्तिहरु मध्येबाट मनोनीत गरेका तीनजना  – सदस्य

४) उपदफा (३) को खण्ड (क) बमोजिमका पार्षद्हरुमध्ये फेलो चार्टर्ड एकाउन्टेन्ट (एफ.सी.ए.) हरुबाट पार्षद्हरुले अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नेछन्।

५) अध्यक्ष र उपाध्यक्षको पदावधि एक वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरु पुनः एक पटकको लागि निर्वाचित हुन सक्नेछन् ।

६) पार्षद्हरुको पदावधि तीन वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरु पुनः निर्वाचित वा मनोनीत हुन सक्नेछन् ।

७) पार्षद्हरुको निर्वाचन सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।

८) अध्यक्ष र उपाध्यक्षको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ७: परिषद्को गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.