दफा ८: अध्यागमन सम्बन्धी अपराधको तहकिकात

Estimated reading: 0 minutes 24 views

१) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै अपराध भए गरेको वा हुन लागेको कुरा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभाग वा कार्यालयलाई जानकारी हुन आएमा महानिर्देशकले तोकेको अध्यागमन अधिकृतले सो सम्बन्धी अपराधको तहकिकात र कारबाही गर्नेछ ।

२) उपदफा (१) बमोजिमको अपराधको तहकिकात गर्दा वा सबुत प्रमाण सङ्कलन गर्दा अपराधमा संलग्न व्यक्तिलाई गिरफ्तार गर्ने, अपराधको सम्बन्धमा जुनसुकै स्थानको खानतलासी लिन, अपराधसँग सम्बन्धित कागजात वा अन्य माल वस्तु आफ्नो जिम्मामा लिन तथा सरजमिन मुचुल्का तयार गर्न समेत प्रचलित कानून बमोजिम प्रहरीले पाए सरहको सबै अधिकार अध्यागमन अधिकृतलाई प्राप्त हुनेछ । त्यसरी तहकिकात गर्दा अध्यागमन अधिकृतले * अभियुक्तलाई बयान गराई मनासिब आधार भएमा तारेखमा राख, धरौट वा जमानत लिई छाडन वा अदालतको अनुमति लिई पच्चीस दिनसम्म थुनामा राख्न सक्नेछ ।

तर अध्यागमन अधिकृतले अपराधको तहकिकात शुरु गर्ने वित्तिकै सो को जानकारी महानिर्देशकलाई दिनु पर्नेछ ।

२क) उपदफा (२) बमोजिम धरौट वा जमानत दिनु पर्ने अभियुक्तले धरौट वा जमानत दिन नसकेमा निजलाई थुनामा राख सकिनेछ ।

३) उपदफा (२) बमोजिम तहकिकात गर्दा अध्यागमन अधिकृतले आवश्यक परेमा सरकारी वकिलको परामर्श लिन सक्नेछ ।

Share this Law

दफा ८: अध्यागमन सम्बन्धी अपराधको तहकिकात

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.