दफा १९२: अङ्गभङ्ग गर्न नहुने

Estimated reading: 1 minute 3 views

१) कसैले कसैको अङ्गभङ्ग गर्न वा गराउन हुँदैन ।

२) कसैले कसैलाई जानीजानी कुटपिट गर्दा देहाय बमोजिमको परिणाम भएमा अङ्गभङ्गको कसूर गरेको मानिनेछ:-

(क) आँखाको हेर्ने शक्ति हीन गरी वा आँखा फोरी दृष्टिविहीन बनाइदिएमा,

(ख) नाकको सुँघ्ने शक्ति नाश गरिदिएमा,

(ग) कानको सुन्ने शक्ति नाश गरिदिएमा,

(घ) जिब्रोको बोल्ने शक्ति नाश गरिदिएमा,

(ङ) महिलाको स्तन काटिदिएमा,

(च) महिलालाई बाँझोपन वा पुरुषलाई पुरुषत्वहीन बनाएमा,

(छ) मेरुदण्ड, डँडाल्नु, हात खुट्टा वा त्यस्ता अङ्गको जोर्नी भाँची, फोरी, फुकाली बेकम्मा पारिदिएमा,

(ज) कुटपिटको कारणबाट आफ्नो पेशाको काम गर्न नसक्ने गरी असक्षम बनाइदिएमा ।

३) कुटपिटबाट तत्काल अङ्गभङ्ग नभए तापनि सोही कामको परिणाम स्वरूप पछि उपदफा (२) बमोजिमको परिणाम निस्केमा पनि अङ्गभङ्ग भएको मानिनेछ ।

४) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रूपैयाँसम्म जरिबाना हुनेछ।

५) उपदफा (४) मा जनुसकै कुरा लेखिएको भए तापनि एउटै किसिमको काम दिने एउटाभन्दा बढी अङ्ग हुनेमा त्यसमध्ये एउटा अङ्गमात्र बेकम्मा पारी दिएको भए सो उपदफामा लेखिएको सजायको आधा सजाय हुनेछ र अङ्गभङ्ग भएको खत निको भई काम लाग्ने भएमा तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिबाना हुनेछ।

Share this Law

दफा १९२: अङ्गभङ्ग गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.