दफा १०५: मानव रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आइ.भी.) को रोग फैलाउने नहुने

Estimated reading: 0 minutes 5 views

१) कसैले आफ्नो वा अरू कसैको शरीरमा रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एचआईभी) वा हेपाटाइटिस् बी को जिवाणु रहेको थाहा पाउँदा पाउँदै कसैलाई त्यस्तो रोग सार्ने नियतले आफ्नो रगत दिन वा त्यस्तो व्यक्तिको रगत दिन लगाउन वा कुनै किसिमको पूर्व सावधानी नलिई कसैसँग यौन सम्पर्क कायम गर्न वा कुनै किसिमबाट आफ्नो वा त्यस्तो व्यक्तिको रगत, वीर्य, र्‍याल, थुक वा कुनै मानव अङ्ग अर्काको शरीरभित्र पठाउन हुँदैन।

२) उपदफा (१) बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रूपैयाँसम्म जरिबाना हुनेछ।

तर त्यस्तो रोग सार्ने नियत नभई लापरबाही वा हेलचेक्र्याइँबाट सर्न गएको रहेछ भने तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिबाना हुनेछ।

३) पीडित आफै मानव रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु वा हेपाटाइटिस् बी को जिवाणु रहेको व्यक्तिसँग यौन सम्पर्क गर्न गएको रहेछ भने त्यस्तो जिवाणु रहेको व्यक्तिले यस दफा बमोजिमको कसूर गरेको मानिने छैन।

Share this Law

दफा १०५: मानव रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आइ.भी.) को रोग फैलाउने नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.