दफा ३२: कोषको रकम लगानी

Estimated reading: 1 minute 3 views

१) नेपाल सरकारबाट स्वीकृत लगानी सम्बन्धी कार्यविधिको अधीनमा रही समितिले कोषको मौजूदा र सम्पत्तिको परिचालन देहाय बमोजिम कुनै वा सबै क्षेत्रमा गर्न सक्नेछ:-

(क) नेपाल सरकारको ऋणपत्रमा लगानी गर्ने र त्यस्तो ऋणपत्र खरीद वा बिक्री गर्ने,

(ख) प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून बमोजिम वित्तीय कारोबार गर्न इजाजतप्राप्त “क” वर्गको बैंक वा वित्तीय संस्थाको मुद्दती खाता वा दीर्घकालीन प्रकृतिका निक्षेप योजनाहरुमा लगानी गर्ने,

(ग) बैंक, वित्तीय संस्था तथा अन्य सीमित दायित्व भएको कम्पनीमा शेयर लगानी गर्ने,

(घ) समितिले उपयुक्त ठहर्‍याएको क्षेत्रमा प्रचलित कानून बमोजिम स्थापित बैंक वा वित्तीय संस्थाहरूसँग मिली सह-वित्तीयकरणको आधारमा धितो विभाजन (पारिपासु) गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रुपमा ऋण दिने,

(ङ) समितिले उपयुक्त ठहर्‍याएको प्रचलित कानून बमोजिम स्थापित कम्पनी वा सङ्गठित संस्थाले जारी गरेको डिबेञ्चर लगानी गर्ने,

(च) स्वीकृति प्राप्त म्युचुल फण्डमा लगानी गर्ने,

(छ) उपयुक्त स्थानको पहिचान गरी व्यावसायिक प्रयोजनको भवन निर्माण गरी बहालामा दिने,

(ज) प्रचलित कानून बमोजिम बैंक वा वित्तीय संस्थाको जमानतमा शर्त र ब्याज तोकी प्रचलित कानून बमोजिम स्थापित कम्पनी वा सङ्गठित संस्थालाई ऋण दिने,

(झ) समितिले उपयुक्त ठहर्‍याएको क्षेत्रमा पर्याप्त धितो वा जमानी लिई लगानी गर्ने,

(ञ) कोषको ऋण असुलीमा कुनै जायजेथा कोपलाई प्राप्त भएमा सो जायजेथाको उपयोग गर्न कोष आफै वा अन्य संस्थासँगको सहकार्यमा जायजेथाको व्यवस्थापन गर्ने,

(ट) सामाजिक सुरक्षा योजनामा सहभागी भएका श्रमिक, स्वरोजगारमा रहेका व्यक्ति, सरकारी सेवामा बहाल रहेको व्यक्ति वा सरकारी कोषबाट पारिश्रमिक पाउने व्यक्तिलाई तोकिए बमोजिम ऋण दिने,

(ठ) कोषको रकम लगानी सम्बन्धी अन्य कार्य गर्ने ।

२) उपदफा (१) को खण्ड (ग) बमोजिम शेयरमा लगानी गर्दा सो बैंक वा वित्तीय संस्थाको निष्काशित पुँजीको पन्ध्र प्रतिशतले नबढ्ने गरी र खण्ड (ङ) बमोजिम डिबेञ्चरमा लगानी गर्दा त्यस्तो कम्पनी वा सङ्गठित संस्थाले जारी गरेको कुल डिबेञ्चरको दश प्रतिशतमा नबढ्ने गरी गर्नु पर्नेछ ।

३) उपदफा (१) बमोजिम कोषको रकम कुनै क्षेत्रमा लगानी गर्दा लगानी कोषमा रहेको रकमको बीस प्रतिशतभन्दा नबढ्ने गरी लगानी गर्नु पर्नेछ ।

Share this Law

दफा ३२: कोषको रकम लगानी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.