दफा ५६५: जमानत दिने व्यक्ति दायित्वबाट मुक्त हुने अवस्था

Estimated reading: 1 minute 5 views

१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायका कुनै अवस्थामा देहायको हदसम्म जमानत दिने व्यक्ति आफ्नो दायित्वबाट मुक्त हुनेछ:-

(क) ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्तिले जमानत दिने व्यक्तिको सहमति बिना करारमा तात्त्विक असर पर्ने गरी करारका शर्तहरू हेरफेर गरेमा त्यस्तो हेरफेर पछि हुने कारोबारमा,

(ख) जुन विषयमा जमानत दिइएको हो त्यस्तो दायित्वबाट त्यस्तो पूरा गर्नु पर्ने व्यक्ति मुक्त हुने गरी करार भएमा,

(ग) साहुको काम कारबाहीले ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्ति मुक्त हुने भएमा वा ऋण मिनाहा भएमा,

(घ) साहुले ऋणीबाट लिनु पर्ने रकमभन्दा कम रकम लिई दायित्व मुक्त गर्ने वा निजलाई ऋण चुक्ता गर्ने थप समय दिने वा मुद्दा नचलाउने गरी सहमति भएमा,

(ङ) साहुको कुनै काम कारबाहीबाट जमानत दिने व्यक्तिको ऋण तिर्नु पर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्ति उपरको कानूनी उपचारमा प्रतिकूल असर परेमा,

(च) ऋणीबाट लिएको कुनै सुरक्षा साहुले हराएमा, बिगारेमा वा ऋणीलाई त्यस्तो फिर्ता दिएमा त्यस्तो सुरक्षणको मूल्य बराबरको हदसम्म,

(छ) साहुलाई करार बमोजिम तिर्नु पर्ने रकम वा पूरा गर्नु पर्ने दायित्व त्यस्तो तिर्नु वा पूरा गर्नु पर्ने व्यक्तिले जुन हदसम्म तिरिएको छ वा पूरा भएको छ त्यस्तो हदसम्म ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक साहुले जमानत दिने व्यक्ति उपर समयमा कानूनी कारबाही नचलाएको वा असुल गर्नु पर्ने रकम असुल गर्ने प्रयास नगरेको कारणबाट मात्र जमानत दिने व्यक्ति आफ्नो दायित्वबाट मुक्त हुने छैन ।

३) दुई वा दुईभन्दा बढी जमानत दिने व्यक्ति भएकोमा साहुले जमानत दिने कुनै एक व्यक्तिलाई दायित्वबाट छुटकारा दिएकोमा जमानत दिने अन्य व्यक्तिहरू आफ्नो हिस्साको दायित्वबाट मुक्त हुने छैनन् ।

४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि जमानत दिने व्यक्तिहरूको दायित्वको हिस्सा छुट्याउन नसकिने अवस्थामा साहुले जमानत दिने कुनै व्यक्तिलाई छुटकारा दिएको भए तापनि निज आफ्नो दायित्वबाट मुक्त भएको मानिने छैन ।

५) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन दायित्व पूरा गर्ने सम्बन्धमा जमानत सम्बन्धी करार भएको हो त्यस्तो दायित्व सृजना गर्ने करारका सम्बन्धमा पक्षहरू बीच कुनै विवाद उत्पन्न भएको कारणले मात्र जमानत सम्बन्धी करार बमोजिको दायित्व पूरा गर्नबाट जमानत दिने व्यक्ति मुक्त हुने छैन ।

Share this Law

दफा ५६५: जमानत दिने व्यक्ति दायित्वबाट मुक्त हुने अवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.