दफा २६०: संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार

Estimated reading: 0 minutes 30 views

१) संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार त्यस्तो सम्पत्तिको स्वामित्ववालाहरूको सहमति बमोजिम हुनेछ।

२) उपदफा (१) बमोजिम संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्न स्वामित्ववालाहरू बीच सहमति हुन नसकेमा बहुमत सदस्यको निर्णयको आधारमा संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्नु पर्नेछ।

३) उपदफा (२) बमोजिम संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्ने सम्बन्धमा बहुमत कायम हुन नसकेमा त्यस्तो सम्पत्तिमा सबभन्दा बढी हक वा हिस्सा हुने स्वामित्ववालाले संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्नु पर्नेछ।

तर स्वामित्ववालाहरूको बराबर हक भएकोमा त्यस्तो सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सुधार सबै स्वामित्ववालाहरूले बराबर रूपमा गर्नु पर्नेछ।

४) उपदफा (२) वा (३) बमोजिम कुनै स्वामित्ववालाले संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सुधार गरेमा सो गर्दा लागेको खर्च सबै स्वामित्ववालाहरूले आफ्नो हक वा हिस्साको आधारमा व्यहोर्नु पर्नेछ।

५) उपदफा (४) बमोजिम संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार नगर्ने स्वामित्ववालाले संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्दा लागेको खर्च एक वर्षभित्र संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्ने स्वामित्ववालालाई बुझाउनु पर्नेछ ।

६) उपदफा (५) बमोजिमको अवधिभित्र संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्दा लागेको खर्च कुनै स्वामित्ववालाले नबुझाएमा निजको हक वा हिस्साको सम्पत्ति, संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार गर्ने स्वामित्ववालाले प्रचलित मूल्यमा खरिद गरी लिन पाउनेछ । त्यसरी संयुक्त सम्पत्ति खरिद गर्नेले निजको भागको व्यवस्थापन तथा मर्मत खर्च गर्दा व्यहोरोको रकम लिन पाउनेछ ।

Share this Law

दफा २६०: संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.