दफा २४९(क): अनुचित लेनदेन गर्न नहुने

Estimated reading: 1 minute 31 views

१) कसैले अनुचित लेनदेन गर्न वा गराउन हुँदैन।

२) उपदफा (१) को प्रयोजनको लागि घरसारमा कसैले देहायका काम गरेमा अनुचित लेनदेन गरेको वा गराएको मानिनेछ:-

(क) लेनदेन नभएको वा नगरको रकम दिएको भनी लिखत तयार गर्ने,

(ख) लेनदेन गरेको वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार गर्ने,

(ग) लेनदेन गर्दाकै बखत ब्याज रकम समेत सावाँमा जोडी लिखत तयार गर्ने,

(घ) ब्याजलाई सावाँमा जोडी नयाँ लिखत तयार गर्ने,

(ङ) ऋणीले तिरे बुझाएको रकमको भरपाई नदिने वा लिखत नबनाउने,

(च) ऋणको सावाभन्दा बढी ब्याज लिने,

(छ) ऋण असुलीको लागि कुनै प्रकारको शारीरिक वा मानसिक हानि हुने गरी धम्की दिने वा हिंसा वा शोषण गर्ने, वा

(ज) अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने।

३) यो दफा प्रारम्भ हुनुअघि भएको लेनदेनको कारोबारको आधारमा कसैले उपदफा (२) बमोजिमको काम गर्न, गराउन वा अनुचित लेनदेनको रकम असुल उपर गर्न ऋणीलाई हैरानी पुर्‍याउनु हुँदैन।

४) उपदफा (१) वा (३) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई कसुरको गम्भीरता हेरी सात वर्षसम्म कैद र सत्तरी हजार रूपैयाँसम्म जरिबाना हुनेछ।

५) अनुचित लेनदेनको कसुर गर्ने कसुरदारले त्यस्तो लेनदेनको आधारमा ऋणीबाट रकम वा अन्य कुनै चल सम्पत्ति लिएको रहेछ भने कारोबार भएको वास्तविक रकम र कानून बमोजिमको ब्याज निजलाई दिलाई बाँकी रकम वा अन्य चल सम्पत्ति सम्बन्धित ऋणीलाई कसुरदारबाट भराइदिनु पनेछ।

६) अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण भएको ठहर भएमा त्यस्तो हक हस्तान्तरण बदर हुनेछ।

Share this Law

दफा २४९(क): अनुचित लेनदेन गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.