दफा १११: नाम र थर पाउने

Estimated reading: 1 minute 11 views

१) प्रत्येक व्यक्तिले जन्मपछि आ-आफ्नो धर्म, संस्कृति, चलन र परम्परा अनुसार निजको आमा वा बाबुले राखेको नाम पाउनेछ ।

२) कसैको आमा वा बाबु तत्काल उपलब्ध नभएमा वा उपलब्ध हुन सक्ने सम्भावना नरहेमा निजले आफूलाई हेरचाह गर्ने संरक्षक वा माथवरले राखे बमोजिमको नाम पाउनेछ ।

३) प्रत्येक व्यक्तिले जन्मेपछि निजको आमा बाबुको सहमतिबाट राखिएको थर वा त्यस्तो सहमति हुन नसकेमा निजको बाबुको थर आफ्नो नाम पछाडि प्रयोग गर्न पाउनेछ ।

तर पितृत्वको ठेगान नलागेको व्यक्तिले आफ्नो नाम पछाडि आमको थर प्रयोग गर्न पाउनेछ ।

४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले चाहेमा आफ्नो बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ।

५) कुनै व्यक्तिको थरको सम्बन्धमा प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले आफ्नो बाबुको थर प्रयोग गरेको मानिनेछ।

६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बाबु वा आमा दुवैको ठेगान नलागेको व्यक्तिले निजलाई हेरचाह गर्ने संरक्षकद्वारा दिइएको थर आफ्नो नाम पछाडि प्रयोग गर्न पाउनेछ।

Share this Law

दफा १११: नाम र थर पाउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.