दफा ३१५: गुठी सार्वजनिक वा निजी हुन सक्ने

Estimated reading: 1 minute 3 views

१) गुठी सार्वजनिक वा निजी हुन सक्नेछ ।

२) देहायको उद्देश्य पूरा गर्नको लागि राखिएको गुठी सार्वजनिक गुठी मानिनेछ:-

(क) आर्थिक विकासका पूर्वधार वा अन्य विकास सम्बन्धी कामको लागि प्रयोग हुने कोषको स्थापना, सञ्चालन तथा प्रयोग गर्ने,

(ख) निम्न आय भएका व्यक्तिहरूको सीप विकास तथा रोजगारीको अवसरको सिर्जना तथा विकासको कार्य गर्न आवश्यक कोषको स्थापना तथा सञ्चालन गर्ने,

(ग) सामाजिक कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने,

(घ) विद्यालय, महाविद्यालय, विश्वविद्यालय जस्ता सर्वसाधारणको लागि उपयोगी हुने शैक्षिक तथा प्राज्ञिक  संस्थाहरू स्थापना गरी सञ्चालन गर्ने,

(ङ) अस्पताल वा स्वास्थ्य चौकी जस्ता सार्वजनिक प्रयोजनको लागि चिकित्सालय स्थापना गरी सञ्चालन गर्ने,

(च) प्राकृतिक, ऐतिहासिक वा सांस्कृतिक सम्पदाको संरक्षण वा त्यस्तो कार्यको प्रवर्द्धन गर्ने,

(छ) वन्य जन्तु, जलचर वा वातावरणीय संरक्षणका कार्यक्रम सञ्चालन गर्ने,

(ज) विभिन्न वर्ग, समूह वा समुदायको हित संरक्षण, कल्याण वा उत्थानको लागि कार्यक्रम सञ्चालन गर्ने,

(झ) खेलकुद सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने,

(ञ) सेवामुखी कल्याणकारी कार्य गर्ने,

(ट) उद्धार कार्य सञ्चालन गर्ने,

(ठ) मठ, मन्दिर, गुम्बा, चैत्य, मस्जिद, गिर्जाघर वा त्यस्तै अन्य धार्मिक कृत्य गर्ने,

(ड) सार्वजनिक हितको लागि अन्य सार्वजनिक कार्यक्रमहरू सञ्चालन गर्ने।

३) कुनै खास व्यक्ति वा समूह विशेषलाई हित, लाभ वा सुविधा पुर्‍याउने उद्देश्यले राखिएको गुठी निजी गुठी मानिनेछ।

४) सार्वजनिक र निजी दुवै उद्देश्य पूरा गर्नको लागि कुनै गुठी स्थापना भएकोमा त्यस्तो गुठी सार्वजनिक गुठी मानिनेछ।

Share this Law

दफा ३१५: गुठी सार्वजनिक वा निजी हुन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.