दफा २४९: नेपालभित्र मृत्यु भएको विदेशीको सम्पत्तिको अपुताली

Estimated reading: 0 minutes 29 views

१) नेपालभित्र मृत्यु भएको कुनै विदेशीको नेपालभित्र कोही हकवाला रहेनछ तर सम्पत्ति रहेछ भने निजको सद्गगत गर्ने वा हरहिसाब राख्ने व्यक्तिले त्यस्तो कुराको सूचना तुरुन्त नजिकको स्थानीय तहलाई दिनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम सूचना प्राप्त भएमा स्थानीय तहले कम्तीमा दुईजना स्थानीय व्यक्ति साक्षी राखी मृतकको सम्पत्तिको विवरण तयार गरी त्यसको एकप्रति मुचुल्का सहित सम्बन्धित जिल्ला स्तरीय प्रशासनिक कार्यालयमा पठाउनु पर्नेछ ।

३) उपदफा (२) बमोजिम सम्पत्तिको विवरण सहितको मुचुल्का प्राप्त भएमा त्यस्तो कार्यालयले तुरुन्त सङ्घीय गृह मन्त्रालयलाई जानकारी दिनु पर्नेछ ।

४) उपदफा (३) बमोजिमको सूचना प्राप्त भएमा स गृह मन्त्रालयले सम्बन्धित देशको कूटनीतिक माध्यम मार्फत मृतकको हकवालालाई चार महिनाभित्र मृतकको सम्पत्ति बुझ्न आउन कानून बमोजिम सूचना पठाउनु पर्नेछ ।

५) नेपालसँग कूटनीतिक सम्बन्ध नभएको मुलुकको नागरिकको मृत्यु भई उपदफा (३) बमोजिमको विवरण प्राप्त भएमा सङ्घीय गृह मन्त्रालयले छ महिनाभित्र त्यस्तो सम्पत्ति बुझिलिन राष्ट्रियस्तरको अङ्ग्रेजी भाषाको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नु पर्नेछ र त्यस्तो सूचना सङ्घीय गृह मन्त्रालयले आफ्नो वेवसाइटमा समेत राख्नु पर्नेछ ।

६) उपदफा (४) वा (५) बमोजिमको म्यादभित्र मृतकको हकवाला उपस्थित भएमा मृतकको सद्गगत गर्दा लागेको खर्च कटाई वा त्यस्तो खर्च सद्गगत गर्ने व्यक्तिलाई दिई त्यस्तो सम्पत्तिको मूल्यको दश प्रतिशत दस्तुर लिई बाँकी सम्पत्ति सम्बन्धित हकवालालाई फिर्ता दिनु पर्नेछ ।

७) उपदफा (४) वा (५) बमोजिमको म्यादभित्र मृतकको कुनै हकवाला उपस्थित नभएमा वा निजको ठेगाना पता नलागेमा मृतकको सद्गगत गर्दा लागेको खर्च सद्गगत गर्ने व्यक्तिलाई दिई बाँकी रहेको सम्पत्ति स्थानीय तहको हुनेछ।

८) यस दफा बमोजिम स्थानीय तहले प्राप्त गरेको सम्पत्ति सार्वजनिक हितको लागि मात्र प्रयोग गर्नु पर्नेछ ।

Share this Law

दफा २४९: नेपालभित्र मृत्यु भएको विदेशीको सम्पत्तिको अपुताली

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.