दफा ३७ः पेशागत अचार संहिता र पदीय दायित्व

Estimated reading: 0 minutes 374 views

१) गभर्नर वा डेपुटी गभर्नरले आफ्नो पदमा रहुन्जेल सम्म बैङ्कलाई आफ्नो पेशागत सेवा पूर्णरुपमा प्रदान गर्नु पर्नेछ। बैङ्कले मनोनयन गरेकोमा बाहेक निजहरुले अन्य ठाउँमा पारिश्रमिक लिई वा नलिई कुनै पनि किसिमको पद ग्रहण गर्न वा नोकरी गर्न वा सेवा प्रदान गर्न पाउने छैन।

तर मुनाफा नकमाउने उद्देश्यले गठन भएका मेडिकल एशोसिएसन, इन्जिनियर्स एशोसिएसन, बार एशोसिएसन, बैङ्कर्स एशोसिएसन, चार्टर्ड एकाउण्टेण्ट्स एशोसिएसन जस्ता पेशागत तथा व्यावसायिक सङ्घ, संस्थामा कुनै पद ग्रहण गरी प्रदान गरेको सेवाको हकमा भने यस उपदफाले बाधा पुर्‍याएको मानिने छैन।

२) गभर्नर, डेपुटी गभर्नर वा सञ्चालकले पदीय दायित्व निर्वाह गर्दा बैङ्कको हितलाई सर्वोपरी राख्नु पर्नेछ ।

३) आफ्नो कर्तव्य पालनको सिलसिलामा कुनै किसिमको अनुचित प्रभाव पार्ने किसिमले गभर्नर, डेपुटी गभर्नर वा सञ्चालकले स्वयम् वा आफ्नो पारिवारिक, व्यापारिक वा वित्तीय सम्बन्ध भएको कुनै व्यक्तिको माध्यमबाट कुनै किसिमको उपहार वा कर्जा लिन हुँदैन।

Share this Law

दफा ३७ः पेशागत अचार संहिता र पदीय दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.