दफा ११०: नियम तथा विनियम बनाउने अधिकार

Estimated reading: 1 minute 326 views

१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न बैङ्कले नेपाल सरकारको स्वीकृति लिई देहायका विषयमा आवश्यक नियम बनाउन सक्नेछः-

(क) विदेशी विनिमय कारोबार।

(ख) जलेको, च्यातिएको, झुत्रिएको, मेटिएको वा आकृति बिग्रिएको बैङ्क नोट तथा सिक्काको सट्टाभर्ना ।

(ग) नेपाल सरकार र बैङ्क बीच हुने व्यापारिक कारोबार।

(घ) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न समितिले आवश्यक ठानाका अन्य विषयहरु ।

२) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न समितिले देहायका विषयमा विनियम बनाउन सक्नेछः-

(क) समितिको बैठक हुने स्थान, समय र तत्सम्बन्धी कार्यविधि ।

(ख) समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्ने र त्यस्तो उपसमितिको कार्यविधि ।

(ग) बैङ्कका कर्मचारीहरुको नियुक्ती, बढुवा, सरुवा, बर्खास्ती, तथा सुविधा, निवृत्तभरण, उपदान, सञ्चय कोष, बिदा, आचरण तथा अनुशासन र सेवा सम्बन्धी शर्त।

(घ) समितिले गभर्नरलाई र गभर्नरले डेपुटी गभर्नरलाई वा बैङ्कका अन्य कर्मचारीलाई अख्तियारी सुम्पने ।

(ङ) बैङ्कको तर्फबाट गरिने पट्टा, कबुलियत सम्बन्धी शर्त ।

(च) बैङ्कको छाप चलाउने ।

(छ) बैङ्कले राखुपर्ने हरहिसाब, खाता, बही वा अन्य स्रेस्ता, कागजात र त्यसको ढाँचा ।

(ज) बैङ्कको आन्तरिक लेखापरीक्षण तथा निरीक्षण ।

(झ) वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको सुपरिवेक्षण ।

(ञ) वाणिज्य बैङ्क तथा वित्तीय संस्थाले पेश गर्नुपर्ने विवरण ।

(ट) बैङ्कको नगद मौज्दात वा नगदको जिम्मेवारी ।

(ठ) बैङ्क तर्फबाट गर्नुपर्ने मुद्दा मामिला वा अन्य कारबाहीको परिचालन ।

(ड) कर्जा नियन्त्रण ।

(ढ) बैङ्कको खर्च व्यवस्था।

(ढ१) वाणिज्य बैङ्क तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा ।

(ढ२) वाणिज्य बैङ्क तथा वित्तीय संस्थाहरुको शीघ्र सुधारात्मक कारबाही सम्बन्धमा ।

(ढ३) कर्जा सूचना सम्बन्धमा।

(ढ४) भुक्तानी तथा हिसाब मिलान सम्बन्धमा ।

(ढ५) फरफारख गर्ने सम्बन्धमा।

(ढ६) बैङ्कले जारी गर्ने इजाजतपत्रका सम्बन्धमा ।

(ण) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न आवश्यकपर्ने अन्य विषयहरु ।

३) उपदफा (१) र (२) मा उल्लिखित विषय बाहेक यस ऐन बमोजिम जारी गर्नुपर्ने आदेश, निर्देशन, कार्यविधि तथा मार्गदर्शन गभर्नरले जारी गर्नेछ।

४) उपदफा (२) अन्तर्गत बनेको विनियम र उपदफा (३) अन्तर्गत जारी गरिएको आदेश तथा निर्देशन बैङ्कले नेपाल सरकारको निमित्त पठाउनेछ।

५) उपदफा (२) अन्तर्गत बनेको विनियम वा उपदफा (३) अन्तर्गत जारी गरिएको आदेश वा निर्देशन बैङ्कले सार्वजनिक रुपमा प्रकाशन र प्रशारण गर्ने वा गराउनेछ।

Share this Law

दफा ११०: नियम तथा विनियम बनाउने अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.