दफा ४१८: संयुक्त सम्पत्ति बिक्री गरी हस्तान्तरण गर्न सकिने

Estimated reading: 0 minutes 3 views

१) संयुक्त सम्पत्ति बिक्री गरी हस्तान्तरण गर्नु पर्दा त्यस्तो सम्पत्तिका सबै स्वामित्ववालाहरूको मञ्जुरीले हस्तान्तरण गर्न सकिनेछ ।

२) उपदफा (१) बमोजिम सबै स्वामित्ववालाहरू संयुक्त सम्पत्ति हस्तान्तरण गर्न मञ्जुर नभएमा पनि कुनै स्वामित्ववालाले आफ्नो हक वा हिस्साको सम्पत्ति हस्तान्तरण गर्न सक्नेछ ।

३) उपदफा (१) बमोजिम कुनै स्वामित्ववालाको हक वा हिस्साको संयुक्त सम्पत्ति हस्तान्तरण गर्दा प्राविधिक दृष्टिले त्यस्तो भाग छुट्याउन नमिल्ने भएमा र त्यस्तो सम्पत्ति अन्य स्वामित्ववालाले लिन चाहेमा स्वामित्ववालाहरू बीच एक आपसमा मञ्जुर गरेको मूल्यमा लिन पाउनेछ ।

४) एकभन्दा बढी स्वामित्ववालाहरूले संयुक्त सम्पत्ति लिन चाहेमा सबभन्दा बढी मूल्य तिर्न मञ्जुरी गर्ने स्वामित्ववालाले त्यस्तो सम्पत्ति लिन पाउनेछ ।

५) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै स्वामित्ववालाको हक वा हिस्साको सम्पत्ति अन्य स्वामित्ववालाले लिन नचाहेमा र त्यस्तो सम्पत्ति छुट्याई हस्तान्तरण गर्दा प्राविधिक दृष्टिले नमिल्ने भएमा संयुक्त सम्पत्तिको सम्पूर्ण हिस्सा बिक्री गरी प्राप्त रकम त्यस्तो सम्पत्तिमा रहेको हक वा हिस्साको आधारमा स्वामित्ववालाहरू बीच बाँडफाँट गर्नु पर्नेछ ।

६) उपदफा (१) विपरित कसैले संयुक्त सम्पत्ति हस्तान्तरण गरेमा त्यस्तो सम्पत्तिमा निजको जे जति हक वा हिस्सा कायम छ त्यति सम्पत्ति मात्र हस्तान्तरण गरेको मान्य हुनेछ र निजको हक वा हिस्साभन्दा बढी हस्तान्तरण भएको सम्पत्ति सम्बन्धित व्यक्तिले फिर्ता लिन पाउनेछ ।

Share this Law

दफा ४१८: संयुक्त सम्पत्ति बिक्री गरी हस्तान्तरण गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.