दफा ९: योगदान रकम असुली

Estimated reading: 1 minute 3 views

१) सूचीकृत रोजगारदाताले दफा ४ मा उल्लिखित अवधिभित्र योगदान बापतको रकम कोपमा जम्मा नगरेमा योगदान रकमको दश प्रतिशत ब्याजसहित योगदान रकम सम्बन्धित रोजगारदाताबाट कोपले असुल उपर गर्नेछ ।

२) उपदफा (१) मा जनसुकै कुरा लेखिएको भए तापनि कुनै सूचीकृत रोजगारदाताले दफा ४ मा उल्लिखित अवधिभित्र कोषमा जम्मा गर्नु पर्ने योगदान काबुबाहिरको परिस्थिति सृजना भई जम्मा गर्न नसक्ने कारण खोली तीस दिनभित्र त्यस्तो योगदान रकम दाखिला गर्न निवेदन दिन सक्नेछ।

३) उपदफा (२) बमोजिमको निवेदनमा उल्लिखित आधार र कारण मनासिब देखिएमा कोषले सूचीकृत रोजगारदातालाई लाग्ने ब्याज रकममा आंशिक वा पूरै छुट दिई योगदान रकम कोषमा दाखिला गर्न अनुमति दिन सक्नेछ ।

४) यस ऐन बमोजिम कोपमा सूचीकरण नगर्ने, नगराउने वा योगदान रकम नबुझाउने रोजगारदातालाई देहायको कुनै वा सबै कारबाही गर्न कार्यकारी निर्देशकले सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ:-

(क) बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता रोका राख,

(ख) सम्बन्धित व्यक्ति वा संस्थाको चल अचल सम्पत्ति रोका राख,

(ग) प्रचलित कानून बमोजिम पाउने छुट सहूलियत निलम्बन गर्न वा रोका राख,

(घ) सम्बन्धित व्यक्ति वा संस्थाको नाममा रहेको अनुमतिपत्र वा इजाजतपत्र निलम्बन गर्न,

(ङ) सम्बन्धित व्यक्तिको राहदानी रोक्का राख्न ।

५) उपदफा (४) बमोजिम लेखी आएमा सम्बन्धित निकायले पन्ध्र दिनभित्र सो विषयमा आवश्यक प्रक्रिया शुरु गर्नु पर्नेछ ।

६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तानि सूचित रोजगारदाताले दफा ४ मा उल्लिखित अवधिभित्र योगदान बापतको रकम कोषमा जम्मा नगरेमा त्यस्तो अवधिभित्र योगदान रकम कोषमा जम्मा नगरेको अवधिभित्र दुर्घटना वा मृत्यु भई श्रमिकलाई यस बमोजिमको कुनै सुविधा उपलब्ध गराउनु पर्ने अवस्था भएमा त्यस्तो सुविधा बराबरको रकम सम्बन्धित रोजगारदाताले नै श्रमिकलाई उपलब्ध गराउनु पर्नेछ ।

Share this Law

दफा ९: योगदान रकम असुली

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.