दफा ७२१: यस परिच्छेदको व्यवस्था लागू नहुने

Estimated reading: 1 minute 33 views

१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस परिच्छेद अन्तर्गतका कानूनी व्यवस्था नेपालमा लागू गर्दा सार्वजनिक व्यवस्था (पब्लिक अर्डर) प्रतिकूल हुने रहेछ भने त्यस्तो अवस्थामा यस परिच्छेदको व्यवस्था लागू हुने छैन ।

२) उपदफा (१) बमोजिमको अवस्था उत्पन्न भएमा यस परिच्छेदका विषयहरू अन्य सम्बद्ध मापदण्ड (लिङ्किङ्ग क्राइटेरिया) बाट र त्यस्तो मापदण्ड निर्धारण हुन नसकेमा नेपाल कानून बमोजिम नियमित हुनेछ ।

द्रष्टव्य: मूलकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० निष्क्रिय भएपछि त्यसको परिणाम: मूलकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० निष्क्रिय भएपछि अर्को अभिप्राय नदेखिएमा सो निष्क्रियताले,-

(क) सो अध्यादेश निष्क्रिय हुँदाका बखत चल्ती नभएको वा कायम नरहेको कुनै कुरा पनि जगाउने छैन,

(ख) सो अध्यादेश बमोजिम चालु भएको कुरा वा सो बमोजिम रीत पुन्याई अघि नै गरिएको कुनै काम वा भोगिसकेको कुनै कुरालाई असर पार्ने छैन,

(ग) सो अध्यादेश बमोजिम पाएको, हासिल गरेको वा भोगेको कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्ने छैन,

(घ) सो अध्यादेश बमोजिम गरिएको कुनै दण्ड सजाय वा जफतलाई असर पार्ने छैन, र

(ङ) माथि लेखिएको कुनै त्यस्तो हक, सुविधा, कर्तव्य, दायित्व वा दण्ड सजायका सम्बन्धमा गरिएको कुनै काम कारवाही वा उपायलाई असर पार्ने छैन र उक्त अध्यादेश कायम रहे सरह त्यस्तो कुनै कानूनी कारबाही वा उपायलाई पनि सुरु गर्न, चालु राख्न वा लागू गर्न सकिनेछ ।

(मिति २०८१/११/२५ गते अद्यावधिक गरेको)

Share this Law

दफा ७२१: यस परिच्छेदको व्यवस्था लागू नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.