दफा २२०: सम्पत्तिको फाँटवारी खुलाई नालिस गर्नु पर्ने

Estimated reading: 1 minute 16 views

१) कुनै अंशियारले आफ्नो अंश भाग छुट्याई भिन्न हुन चाहेंमा अन्य अंशियारसँग आफ्नो मानो छुट्टिएको मिति उल्लेख गरी आफ्नो र थाहा पाएसम्म अन्य अंशियारको नाममा रहे भएको अंशबण्डा हुने सम्पत्ति र ऋण धनको फाँटवारी खुलाई नालिस गर्नु पर्नेछ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “मानो छुट्टिएको मिति” भन्नाले देहायका मिति वा दिन सम्झनु पर्छ:-

(क) मानो छुट्टिएको लिखतमा उल्लेख भएको मिति,

(ख) मानो छुट्टिएको लिखत नभए, अंशियारहरू बीच मानो छुट्टिएको सम्बन्धमा सहमति कायम भएको मिति,

(ग) खण्ड (ख) बमोजिम अंशियारहरू बीच सहमति कायम नभएमा फिराद गरेको अघिल्लो दिन,

(घ) अन्यथा सहमति भएकोमा बाहेक विवाहिता छोरीको हकमा निजको विवाह भएको दिन ।

२) कुनै अंशियारहरू बीच मात्र मानो छुट्टिएको लिखत भएको रहेछ भने त्यस्तो लिखत रजिष्ट्रेशन पारित भएको मितिदेखि मात्र लागू हुनेछ ।

३) उपदफा (१) बमोजिम नालिस गर्ने व्यक्तिले सम्पत्तिको फाँटवारी पेश गर्न नसक्ने भएमा त्यसको कारण समेत खुलाउनु पर्नेछ ।

४) उपदफा (१) बमोजिम नालिस परेमा सम्बन्धित व्यक्तिले पनि नालिस गर्ने व्यक्तिलाई अंश दिनु पर्ने वा नपर्ने कुरा खुलाई र अंश दिन मन्जुर भएमा आफ्नो नाममा रहे भएको सम्पत्ति र ऋणधनको फाँटवारी अदालतमा प्रतिउत्तरपत्र दर्ता गर्दाका बखत पेश गर्नु पर्नेछ ।

Share this Law

दफा २२०: सम्पत्तिको फाँटवारी खुलाई नालिस गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.