दफा ३४८: गुठी बदर भएमा त्यसको परिणाम

Estimated reading: 0 minutes 33 views

१) एक पटक स्थापना भएको गुठी कुनै कारणवश भङ्ग वा विघटन भएमा अघि भए गरेको काममा कुनै असर पर्ने छैन।

२) उपदफा (१) बमोजिम गुठी भङ्ग वा कुनै कारणले विघटन भएमा सार्वजनिक गुठीको हकमा त्यस्तो गुठीको सम्पत्ति संस्थापनापत्रमा अन्यथा व्यवस्था भएकोमा बाहेक पञ्जिकाधिकारीको आदेशले गुठी सञ्चालकले त्यस्तै उद्देश्य भएको अन्य कुनै गुठी र त्यस्तो गुठी नभएकोमा समान उद्देश्य भएको कुनै सार्वजनिक संस्थालाई हस्तान्तरण गर्नेछ र निजी गुठी भए हितग्राही यकिन भएकोमा त्यस्तो हितग्राही र त्यस्तो हितग्राही नभएकोमा निजको नजिकको हकवाला र त्यस्तो हकवाला पनि नभएमा गुठी संस्थापक र गुठी संस्थापक पनि नभएमा अन्य हकवालालाई हस्तान्तरण गर्नेछ।

३) उपदफा (२) बमोजिमको कुनै संस्था वा व्यक्ति नभएमा भङ्ग वा विघटन भएको गुठीको सम्पत्ति नेपाल सरकारको हुनेछ।

Share this Law

दफा ३४८: गुठी बदर भएमा त्यसको परिणाम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.