परिच्छेद ४ परामर्श सेवा सम्बन्धी व्यवस्था

दफा २९: परामर्श सेवा खरिद गर्न सकिने

Estimated reading: 1 minute 7 views

१) सार्वजनिक निकायले देहायको अवस्थामा कुनै व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट परामर्श सेवा खरिद गर्न सक्नेछः-

(क) सम्बन्धित सार्वजनिक निकायमा उपलब्ध जनशक्तिबाट कुनै काम हुन नसक्ने भएमा, वा

(ख) दातृपक्षसँगको सम्झौता बमोजिम वैदेशिक सहायता स्रोतबाट व्यहोरिने गरी परामर्शदाताबाट सेवा प्राप्त गर्नुपर्ने भएमा ।

२) उपदफा (१) बमोजिमको परामर्श सेवा खरिद गर्नुपर्दा यस ऐन बमोजिमको कार्यविधि पूरा गरी खरिद गर्नु पर्नेछ।

Share this Law

दफा २९: परामर्श सेवा खरिद गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.