दफा ५०ः सदस्य केन्द्रित भई बचत तथा ऋणको कारोबार गर्नु पर्ने

Estimated reading: 0 minutes 420 views

१) सहकारी संस्थाले आफ्ना सदस्यहरूको मात्र बचत स्वीकार गर्न, सो को परिचालन गर्न र सदस्यलाई मात्र ऋण प्रदान गर्न सक्नेछ ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको संस्था बाहेक अन्य विषयगत वा बहुउद्देश्यीय संस्थाले बचत तथा ऋणको मुख्य कारोबार गर्न पाउने छैन।

तर यो ऐन प्रारम्भ हुन्‌ अघि बहुउद्देश्यीय वा विषयगत संस्थाको रूपमा दर्ता भई मुख्य कारोबारको रूपमा बचत तथा ऋणको कारोबार गर्दै आएको भए ती संस्थाले तीन वर्षभित्रमा बचत तथा ऋणको मुख्य कारोबार नहुने गरी दर्ता हुँदाका बखतमा उल्लेख गरिएको मुख्य कारोबार गर्ने गरी संस्थाहरूले मुख्य कारोबार गर्न सक्नेछन्‌।

३) सहकारी संस्थाले सदस्यलाई प्रदान गर्ने ऋणमा रजिष्ट्रारले अन्यथा तोकेकोमा बाहेक सेवा शुल्क र नवीकरण शुल्क सम्बन्धित संस्थाको कार्यविधिले तोके बमोजिम हुनेछ।

४) बचत र करणको ब्याजदर बीचको अन्तर छ प्रतिशतभन्दा बढी हुने छैन।

५) सहकारी संस्थाले प्रदान गरेको त्रहणमा लाग्ने ब्याजलाई मूल ऋणमा पूँजीकृत गरी सो को आधारमा व्याज लगाउन पाइने छैन।

1६) सहकारी संस्थाले बचत रकम सदस्यबीच ऋण लगानी, नेपाल सरकारले जारी गरेको ऋणपत्र वा सहकारी बेङ्ग वा साना किसान लघुवित्त संस्थाको शेयर खरीद गर्न बाहेक अचल सम्पत्ति खरीद, पूर्वाधार निर्माण, कारोबारमा लगानी, फर्म, कम्पनी वा अन्य कुनै बैङ्कको शेयर खरीद वा अन्य कुनै प्रयोजनमा उपयोग गर्नु हुँदैन।

७) सहकारी संस्थाले प्राथमिक पूँजी कोषको पन्ध्र गुणासम्म बचत संकलन गर्न सक्नेछ।

८) संस्था वा सङ्घले दर्ता गर्दाका बखतका सदस्य बाहेक अन्य सदस्यलाई सदस्यता प्राप्त गरेको तीन महिना अवधि व्यतित नभई ऋण लगानी गर्न सक्ने छैन।

1 केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित।

Share this Law

दफा ५०ः सदस्य केन्द्रित भई बचत तथा ऋणको कारोबार गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.