दफा १०२ः केन्द्रीय श्रम सल्लाहकार परिषद्को गठन

Estimated reading: 1 minute 343 views

१) श्रम सम्बन्धी विषयमा नेपाल सरकारलाई परामर्श दिन देहाय वमोजिमको एक केन्द्रीय श्रम सल्लाहकार परिषद्‌ गठन हुनेछ:

(क) श्रम तथा रोजगार मन्त्री वा राज्यमन्त्री अध्यक्ष
(ख) सचिव, अर्थ मन्त्रालय सदस्य
(ग) सचिव, श्रम तथा रोजगार मन्त्रालय सदस्य
(घ) सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सदस्य
(ङ) सचिव, कृषि विकास मन्त्रालय सदस्य
(च) सचिव, उद्योग मन्त्रालय सदस्य
(छ) सचिव, स्वास्थ्य मन्त्रालय सदस्य
(ज) महानिर्देशक, श्रम विभाग सदस्य
(झ) कार्यकारी निर्देशक, सामाजिक सुरक्षा कोष सदस्य
(ञ) कार्यकारी निर्देशक, व्यावसायिक सीप विकास तालिम केन्द्र सदस्य
(ट) रोजगारदाताहरुमध्येबाट मन्त्रालयले तोकिए बमोजिम मनोनयन गरेका कम्तीमा दुई जना महिला सहित पाँच जना सदस्य
(ठ) ट्रेड युनियन महासंघहरुमध्येबाट मन्त्रालयले तोकिए बमोजिम मनोनयन गरेका कम्तीमा दुई जना महिला सहित पाँच जना सदस्य
(ड) सहसचिव (सम्बन्धित महाशाखा हेर्ने), श्रम तथा रोजगार मन्त्रालय सदस्य-सचिव

२) उपदफा (१) को खण्ड (ट) र (ठ) बमोजिमका सदस्यको पदावधि तीन वर्षको हुनेछ र निजहरुलाई पुनः मनोनयन गर्न सकिनेछ।

३) उपदफा (१) को खण्ड (ट) र (ठ) बमोजिम प्रतिनिधि मनोनयन गर्दा रोजगारदाताको हकमा रोजगारदाताहरुको सङ्गठन र ट्रेड युनियन महासंघहरुको हकमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको सिफारिसमा मन्त्रालयले मनोनयन गर्नेछ।

४) उपदफा (१) को खण्ड (ट) र (ठ) बमोजिमका सदस्यले आफ्नो अनुपस्थितिमा परिषद्को बैठकमा भाग लिन वैकल्पिक सदस्य मनोनयन गर्न सक्नेछन्‌।

Share this Law

दफा १०२ः केन्द्रीय श्रम सल्लाहकार परिषद्को गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.