दफा २३९: अपुताली पाउने हकवालाको प्राथमिकताक्रम

Estimated reading: 0 minutes 3 views

१) अपुताली पाउने नजिकको हकवालाको प्राथमिकताकक्रम यस परिच्छेदको अन्य दफाको अधीनमा रही देहाय बमोजिम हुनेछ:

(क) सगोलको पति वा पत्नी,

(ख) सगोलको छोरा, छोरी, विधवा बुहारी,

(ग) सगोलका बाबु, आमा, सौतेनी आमा, छोरा, छोरी तर्फका नाति, नातिनी, नातिनी बुहारी,

(घ) भिन्न भएका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सौतेनी आमा,

(ङ) भिन्न भएका छोरातर्फका नाति, नातिनी,

(च) भिन्न भएका बाजे, बज्यै,

(छ) सगोलका जिजुबाजे, जिजुबज्यै, दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ बुहारी,

(ज) सगोलका काका, काकी, भतिजा, भतिजी,

(झ) भिन्न भएका दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ बुहारी,

२) कुनै व्यक्तिको अपुताली खुला हुँदाका बखत उपदफा (१) को प्राथमिकताक्रममा पहिलो प्राथमिकताक्रममा रहेको व्यक्ति भएसम्म त्यसपछिको प्राथमिकताक्रममा रहेको व्यक्तिले अपुताली पाउने छैन ।

३) उपदफा (१) बमोजिम एउटै प्राथमिकताक्रमका एकभन्दा बढी हकवाला भएमा निजहरू सबैले समान रूपमा अपुताली पाउनेछन् ।

४) उपदफा (३) बमोजिमको अपुताली पाउने प्राथमिकताक्रमको कुनै हकवालाले अपुताली लिन नचाहेमा सोही क्रमका अन्य हकवालाले र त्यस्ता क्रमका कुनै हकवालाले पनि अपुताली लिन नचाहेमा त्यसपछिको क्रमको हकवालाले अपुताली पाउनेछ ।

Share this Law

दफा २३९: अपुताली पाउने हकवालाको प्राथमिकताक्रम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.