दफा २४६: बगली मार्न नहुने

Estimated reading: 0 minutes 3 views

१) कसैले बगली मार्न वा मार्न लगाउन हुँदैन।

२) उपदफा (१) को प्रयोजनको लागि कसैले पैदल हिँडिरहेको, सवारी साधनमा यात्रा गरिरहेको वा कुनै सार्वजनिक स्थानमा रहेको व्यक्तिले थाहा पाउने वा नापाउने गरी निजको बगली वा निजको साथमा रहेको थैली, झोला वा अन्य कुनै किसिमको साधनमा रहेको नगद वा धनमाल लिएमा निजले बगली मारेको मानिनेछ।

तर दश हजार रूपैयाँ नगद वा दश हजार रूपैयाँभन्दा बढी मूल्य भएको धनमाल बगली मारेको भाग दफा २४१ बमोजिमको कसूर गरेको मानिनेछ।

३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ:

(क) पहिलो पटक बगली मारेको भाग एक महिनासम्म कैद वा बिगो बमोजिम जरिबाना वा दुवै सजाय,

(ख) दोस्रो पटकदेखि पटक्कै पिच्छे दुई महिनासम्म कैद वा बिगो बमोजिम जरिबाना कैद वा दुवै सजाय।

Share this Law

दफा २४६: बगली मार्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.