दफा २१९: जवर्जस्ती करणी गर्न नहुने

Estimated reading: 1 minute 5 views

१) कसैले जवर्जस्ती करणी गर्न हुँदैन।

२) कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ ।

स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि,-

(क) करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन,

(ख) होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन,

(ग) गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जवर्जस्ती करणी गरेको मानिनेछ।

३) जवर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहाय बमोजिम कैद हुनेछ:-

(क) दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद,

(ख) दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदखि बीस वर्षसम्म,

(ग) चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदखि चौध वर्षसम्म,

(घ) सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदखि बाह्र वर्षसम्म,

(ङ) अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म ।

३(क) जवर्जस्ती करणी गर्ने व्यक्तिलाई उपदफा (३) बमोजिमको कैद सजायको अतिरिक्त देहाय बमोजिमको जरिबाना समेत हुनेछ र त्यस्तो जरिबाना बापत प्राप्त सबै रकम प्रचलित कानून बमोजिम स्थापना भएको पीडित राहत कोषमा जम्मा गरिनेछ:-

(क) उपदफा (३) को खण्ड (क) वा (ख) बमोजिम कैद सजाय हुने कसूरदारलाई सात लाख रूपैयाँ जरिबाना,

(ख) उपदफा (३) को खण्ड (ग) वा (घ) बमोजिम कैद सजाय हुने कसूरदारलाई पाँच लाख रूपैयाँ जरिबाना,

(ग) उपदफा (३) को खण्ड (ङ) बमोजिम कैद सजाय हुने कसूरदारलाई तीन लाख रूपैयाँ जरिबाना।

४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुनेछ।

तर देहायको अवस्थालाई वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैन:-

(क) पतिसँग मानो छुट्टीई अंश मुद्दा चलेको,

(ख) पतिसँग अंश लिई छुट्टै बसेको,

(ग) पतिसँग सम्बन्ध विच्छेद मुद्दा चलेको।

५) उपदफा (४) बमोजिमको अवस्थामा पीडितको निवेदन माग बमोजिम आवश्यक भाएमा अदालतले पतिको नाममा देहाय बमोजिमको आदेश जारी गर्न सक्नेछ्ः-

(क) पत्नीलाई निज बसी आएको घरमा नै बसोबास गर्न दिन, पत्नीलाई खान लाउन दिन, कुटपिट नगर्न तथा शिष्ट र सभ्य व्यवहार गर्न लगाउन,

(ख) पत्नीलाई आवश्यक उपचार गराउन वा उपचारका लागि उपयुक्त रकम दिन लगाउन,

(ग) दुवैलाई एकै ठाउँमा बसोबास गर्न उपयुक्त हुने नदेखिएमा पतिलाई अलग बस्ने व्यवस्था गर्नु तथा त्यसरी अलग बस्दा पत्नीको भरणपोषणको लागि आवश्यक व्यवस्था गर्न लगाउन,

(घ) पत्नीलाई कुनै प्रकारले दुःख दिने वा सताउने कार्य नगर्न र पत्नीको हित र सुरक्षाको निमित्त आवश्यक र उपयुक्त कुरा गर्न गराउन ।

६) उपदफा (३) मा जूनसुकै कुरा लेखिएको भए तापनि आफूलाई मानवरोग प्रतिरोधक क्षमता ह्रास गर्ने जिवाणु (एच.आई.भी. पोजिटिभ) वा सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाहा पाउँदा पाउँदै कसैले जवर्जस्ती

करणी गरेको रहेछ भने त्यस्तो कसूरदारलाई उपदफा (३) मा लेखिएको सजायमा देहाय बमोजिमको थप सजाय समेत हुनेछ:-

(क) मानवरोग प्रतिरोधक क्षमता हास गने जिवाणु (एच.आई.भी. पोजिटिभ) भएको थाहा पाउँदा पाउँदै जवर्जस्ती करणी भएको भाग दफा १०५ बमोजिमको सजाय,

(ख) अन्य सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाहा पाउँदा पाउँदै जवर्जस्ती करणी भएको भए तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिबाना ।

७) सामूहिक रूपमा जवर्जस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रूपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जवर्जस्ती करणी गरेमा उपदफा (३) मा लेखिएको सजायमा थप पाँच वर्षसम्म कैद सजाय हुनेछ ।

तर पूर्ण अशक्त अपाङ्गता भएकी महिला भएमा उपदफा (३) को खण्ड (क) बमोजिमको सजाय हुनेछ ।

८) कसैले हाडनाताकी महिलालाई जबर्जस्ती करणी गरेकोमा निजलाई हाडनाता करणीमा सजाय हुने रहेछ भने यस परिच्छेद बमोजिमको सजायमा हाडनाताको करणीमा हुने सजाय समेत थप हुनेछ ।

Share this Law

दफा २१९: जवर्जस्ती करणी गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.