दफा १९६: आपराधिक बल प्रयोग गर्न नहुने

Estimated reading: 1 minute 5 views

१) कसैले कसै उपर आपराधिक बल प्रयोग गर्न हुँदैन।

२) कसैले कसैलाई देहाय बमोजिमको कार्य गरेमा निजले आपराधिक बल प्रयोग गरेको मानिनेछ:-

(क) कुनै कसूर गर्ने नियतले कुनै व्यक्ति उपर कुनै किसिमको बल प्रयोग गरेमा,

(ख) कुनै व्यक्ति वा निजको परिवार वा सम्पत्तिलाई क्षति पुर्‍याउने डर, त्रास उत्पन्न गराउने वा झिझ्याउने नियतले वा त्यस्तो हुन सक्छ भन्ने जानीजानी निज उपर बल प्रयोग गरेमा,

(ग) कसैलाई आफू उपर बल प्रयोग हुन लागेको भन्ने त्रसित पारेमा वा धम्की दिएमा वा जोर जुलुम गरेमा वा अरु कुनै किसिमले त्यसको उद्योग गरेमा ।

३) यस दफामा अन्यत्र जूनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित विषयको शिक्षण, प्रशिक्षण वा तालिम दिँदा, कुनै किसिमको अभिनय गर्दा, उपचार गर्दा वा भलाई हुने किसिमले कसैको मञ्जुरी लिई कुनै बल प्रयोग गरेकोमा वा कुनै किसिमको खेल हुँदा स्वभाविक प्रकृतिको बल प्रयोग गरेकोमा आपराधिक बल प्रयोग गरेको मानिने छैन ।

तर कसैलाई क्षति पुर्‍याउने बदनियतले बल प्रयोग गरेकोमा यस उपदफाको व्यवस्था लागू हुने छैन ।

४) आपराधिक बल प्रयोग गर्ने वा गराउने व्यक्तिलाई हतियार लिई गरेको भए तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय र हतियार नलिई गरेको भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

Share this Law

दफा १९६: आपराधिक बल प्रयोग गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.