परिच्छेद ३ बोलपत्र सम्बन्धी व्यवस्था

दफा ११: बोलपत्रका प्रक्रिया र चरण

Estimated reading: 1 minute 9 views

१) बोलपत्रद्वारा खरिद गर्नुपर्दा देहाय बमोजिमको प्रक्रिया अपनाई बोलपत्र आह्वान गर्न सकिनेछः-

(क) पूर्व योग्यता निर्धारण गरी खुल्ला रुपमा बोलपत्र आह्वान गर्ने,

(ख) पूर्व योग्यता निर्धारण नगरी खुल्ला रुपमा बोलपत्र आह्वान गर्ने,

२) खुल्ला रुपमा आह्वान गरिने बोलपत्र एक वा दुई चरणमा गर्न सकिनेछ ।

३) दफा २८ को उपदफा (१) मा उल्लिखित अवस्थामा बोलपत्र आह्वान गर्नुपर्दा दुई चरणमा आह्वान गर्न सकिनेछ।

Share this Law

दफा ११: बोलपत्रका प्रक्रिया र चरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.