दफा १८४: आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने

Estimated reading: 0 minutes 5 views

१) कुनै नवजात शिशु, बालबालिका, अशक्त रोगी वा बृद्ध व्यक्तिलाई आफूले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले निजको जिउ, ज्यानमा खतरा पुग्न सक्ने गरी फाल्न, परित्याग गर्न वा बेवास्ता गरी छोड्न हुँदैन ।

२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिबाना हुनेछ ।

३) उपदफा (१) बमोजिमको कसूरबाट त्यस्तो बालबालिका, अशक्त, रोगी वा बृद्ध व्यक्ति मरेको रहेछ भने कसूरदारलाई सात वर्षसम्म कैद र सत्तरी हजार रूपैयाँसम्म जरिबाना हुनेछ ।

तर फालिएको, परित्याग गरिएको वा बेवास्ता गरी छोडेको कारणबाट नवजात शिशुको मृत्यु भएमा दफा १७७ बमोजिम सजाय हुनेछ ।

Share this Law

दफा १८४: आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.