दफा १४१: बारूदी सुरुङ्ग बनाउन वा विष्फोटक पदार्थ ओछ्याउन नहुने

Estimated reading: 0 minutes 3 views

१) कसैले सार्वजनिक रूपमा प्रयोग हुने सडक वा बाटो, स्थल, भवन, पुल, सुरुङ्ग वा सर्वसाधारणले हिँडडुल गर्ने अन्य कुनै ठाउँमा विष्फोटक पदार्थ ओछ्याउन वा राख्न वा कुनै प्रज्वलनशील पदार्थ वा विद्युतीय धराप (एम्बुस) राख्न वा त्यस्तो पदार्थ राखी वा धराप ओछ्याई आवागमनमा वा सार्वजनिक उपयोगका अन्य कुनै कुराको प्रयोगमा अवरोध पुर्‍याउन हुँदैन ।

२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रूपैयाँसम्म जरिबाना हुनेछ ।

३) उपदफा (१) बमोजिमको कसूर गरेको कारणबाट कसैको जीउ, ज्यान वा सम्पत्तिमा क्षति पुगेमा कसूरदारलाई त्यस बापत यस संहिता बमोजिम हुने सजायमा उपदफा (२) बमोजिमको सजाय थप हुनेछ ।

Share this Law

दफा १४१: बारूदी सुरुङ्ग बनाउन वा विष्फोटक पदार्थ ओछ्याउन नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.