दफा २२९: धितोबन्धकमा राखेको सम्पत्तिको अंशबण्डा गर्ने

Estimated reading: 0 minutes 17 views

१) कुनै अंशियारले अंशबण्डा हुने सम्पत्ति धितोबन्धक राखेको देखिएमा अदालतले सबै अंशियारहरू मञ्जु भएमा सगोलको सम्पत्तिबाट त्यस्तो सम्पत्ति फुकुवा गराई वा फुकुवा गराउने दायित्व हुने गरी अंशबण्डा गरी दिनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम सबै अंशियारहरू मन्जुर हुन नसकेमा घरको मुख्य भई काम गर्ने व्यक्तिले अंशवण्डा हुने सम्पत्ति धितोबन्धक राखेको वा एकाघरका उमेर पुगेका अरुले घरको मुख्य भई काम गर्ने व्यक्तिको समेत सहीछाप गरी धितोबन्धक राखेको थाहा पाएमा अदालतले सगोलको सम्पत्तिबाट त्यस्तो सम्पत्ति फुकुवा गराई वा फुकुवा गराउने दायित्व हुने गरी अंशवण्डा गरिदिनु पर्नेछ ।

३) उपदफा (१) वा (२) मा उल्लेख भएको अवस्थामा बाहेक अन्य अवस्थामा कुनै अंशियारले अंशबण्डा हुने सम्पत्ति धितोबन्धक राखेको थाहा पाएमा अदालतले निजको अंश भागमा पर्ने सम्पत्तिबाट त्यस्तो सम्पत्ति फुकुवा गराई वा फुकुवा गराउने दायित्व हुने गरी अंशबण्डा गरिदिनु पर्नेछ ।

Share this Law

दफा २२९: धितोबन्धकमा राखेको सम्पत्तिको अंशबण्डा गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.