दफा ६०: गैरकानूनी भेला गर्न नहुने

Estimated reading: 1 minute 3 views

१) कसैले गैरकानूनी भेला गर्न हुँदैन।

२) देहायको कुनै काम गर्ने उद्देश्यले भएको पाँच जना वा पाँच जनाभन्दा बढी व्यक्तिहरूको भेलालाई गैरकानूनी भेला मानिनेछ:-

(क) बलको प्रयोग वा प्रदर्शन गरी वा जोखिमी हतहतियार प्रदर्शन गरी,

(१) राष्ट्रसेवकलाई कानूनले तोकेको काम गर्न वा कर्तव्य पालना गर्न नदिने,

(२) कसैको सम्पत्ति लिने वा कब्जा गर्ने,

(३) कसैलाई बाटो, पानी, सार्वजनिक यातायात वा सञ्चार वा अन्य यस्तै कुनै कुरा उपभोग गर्ने हकबाट वञ्चित गर्ने,

(४) कुनै व्यक्तिलाई कानूनले गर्न नहुने काम गर्न लगाउने वा कानूनले गर्न पाउने काम गर्न नदिने।

(ख) कुनै कानून वा कानूनी कारबाहीको कार्यन्वयनमा बाधा अवरोध खडा गर्ने,

(ग) कैदको सजाय हुने कुनै कसूर गर्ने।

३) गैरकानूनी भेला हो भन्ने कुरा थाहा पाउँदा पाउँदै कुनै व्यक्ति त्यस्तो भेलामा सहभागी भएमा निजलाई हतहतियार नलिई सहभागी भएको भए छ महिनासम्म कैद र पाँच हजार रूपैयाँसम्म जरिबाना र हातहतियार लिएर सहभागी भएको भए एक वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

४) कसैले आफू सहभागी नभई कसैलाई ज्याला दिई वा अरू कुनै किसिमले प्रलोभन वा दबाबमा पारी कुनै गैरकानूनी भेलामा सहभागी गराएमा निज स्वयं त्यस्तो गैरकानूनी भेलामा सहभागी भएको मानी उपदफा (३) बमोजिमको सजाय हुनेछ ।

Share this Law

दफा ६०: गैरकानूनी भेला गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.