दफा ३८: कसूरको गम्भीरता बढाउने अवस्था

Estimated reading: 1 minute 3 views

यस संहितको प्रयोजनका लागि देहायका अवस्थाहरू विद्यमान रहेमा कसूरको गम्भीरता बढाएको मानिनेछ:-

(क) राष्ट्रपति वा सरकार प्रमुख वा विदेशी राज्य प्रमुखको विरुद्ध कसूर गरेको,

(ख) राष्ट्रपति वा सरकार प्रमुख वा विदेशी राज्य प्रमुखको उपस्थितिमा कसूर गरेको,

(ग) विश्वासको दुरुपयोग गरी कसूर गरेको,

(घ) कुनै सार्वजनिक पदको लाभ उठाई वा दुर्पयोग गरी कसूर गरेको,

(ङ) सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो पदीय कर्तव्य पालन गर्न लागेकोमा बाधा पुर्‍याउने वा निजलाई कुनै गैरकानूनी काम गर्न लगाउने नियतले कसूर गरेको,

(च) कुनै सरकारी कार्यालय, सार्वजनिक कार्यालय वा धार्मिक स्थलमा कसूर गरेको,

(छ) पाँच वा पाँचभन्दा बढी व्यक्तिहरू समूहमा आवद्ध भई कसूर गरेको,

(ज) सार्वजनिक शान्ति खलबलिएको, बाढी, पहिरो, भूकम्प वा त्यस्तै प्रकृतिको दैवी प्रकोप भएको महामारी फैलिएको, अनिकाल परेको वा त्यस्तै किसिमको अन्य कुनै सङ्कटको लाभ लिई कसूर गरेको,

(झ) हातहतियार वा विषालु वा विष्फोटक पदार्थ साथमा लिई वा प्रयोग गरी वा विद्युत प्रवाह गरी वा विद्युतीय उपकरण प्रयोग गरी कसूर गरेको वा हातहतियार वा विषालु वा विष्फोटक पदार्थ लिएको मानिसको मद्दतबाट कसूर गरेको,

(झा१) तेजाब, अन्य घातक रासायनिक वा ज्वलनशील पदार्थ कसैमाथि प्रहार वा प्रयोग गरी वा कसैलाई सेवन गराई कसूर गरेको,

(ज) एक पटक कैद सजाय पाएको कसूरदारले पुनः कसूर गरेको,

(ट) कुनै पारितोषिक वा आश्वासन वा लाभ पाई वा लाभ पाउने प्रलोभनमा परी कसूर गरेको,

(ठ) आफ्नो संरक्षण वा नियन्त्रणमा रहेको व्यक्ति वा जिम्मामा रहेको सम्पत्तिको विरुद्ध कसूर गरेको,

(ड) कसैलाई यातना दिई वा क्रूर, अमानवीय वा अपमानजन्य व्यवहार गरी कसूर गरेको,

(ढ) एकै वारदातमा एकभन्दा बढी कसूर गरेको,

(ण) एकै वारदातमा एकभन्दा बढी व्यक्तिका विरुद्ध कसूर गरेको,

(त) कसैलाई अपहरण गरी वा शरीर बन्धक लिई कसूर गरेको,

(थ) थुना, हिरासत, कैद वा नियन्त्रणमा रहेको व्यक्ति विरुद्ध कसूर गरेको,

(द) कुनै व्यक्तिको सुरक्षाको कर्तव्य भएका व्यक्तिले आफूले सुरक्षा गर्नु पर्ने व्यक्तिको विरुद्ध कसूर गरेको,

(ध) कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै विनाश गर्ने गरी जातिहत्या (जेनोसाइड) को उद्देश्यले कसूर गरेको,

(न) कुनै जात, जाति, धार्मिक वा सांस्कृतिक समुदाय विरुद्ध घृणा उत्पन्न गर्ने उद्देश्यले कसूर गरेको,

(प) मानवता विरुद्धको कसूर गरेको,

(फ) नियोजित वा सङ्गठित रूपमा कसूर गरेको,

(ब) पचहत्तर वर्षमाथिको वृद्धावस्था वा शारीरिक वा मनासिक अस्वस्थताले गर्दा होस ठेगानमा नरहेको वा अपाङ्गताको कारणले आफ्नो बचाउ गर्न सक्ने स्थितिमा नभएको व्यक्ति वा बालबालिकालाई विरुद्ध कसूर गरेको,

(भ) सवारी वा विमान दुर्घटना वा प्राकृतिक प्रकोप पर्दा उद्धार गर्ने काममा खटिँदा कसूर गरेको,

(म) एकपटक कुनै कसूरबाट पीडित भैसकेको व्यक्तिका विरुद्ध सोही कसूरदारले अर्को कसूर गरेको ।

Share this Law

दफा ३८: कसूरको गम्भीरता बढाउने अवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.