दफा ११खः शङ्का लागेको व्यक्तिको खानतलासी लिने

Estimated reading: 0 minutes 317 views

१) यस ऐन विपरीत कुनै व्यक्तिसँग कुनै विदेशी विनिमय छ भनी शङ्का गर्नुपर्ने पर्याप्त कारण र आधार भएमा अनुसन्धान अधिकारीको आदेशले कम्तीमा राजपत्रअनङ्कित द्वितीय श्रेणीको कर्मचारीबाट त्यस्तो व्यक्तिको जिउको खानतलासी लिन सकिनेछ ।

तर कुनै स्वास्नीमानिसको खानतलासी लिँदा स्वास्नीमानिसद्वारा मात्र खानतलासी लिन लगाउनु पर्नेछ।

२) शङ्का लागेको व्यक्तिको खानतलासी लिँदा यस ऐन विपरीत कुनै विदेशी विनिमय वा सोसँग सम्बन्धित कुनै लिखत फेला परेमा त्यस्तो विदेशी विनिमय वा लिखत कब्जामा लिन सकिनेछ ।

३) यस दफा बमोजिम खानतलासी लिँदा कम्तीमा दुईजना स्थानीय व्यक्तिहरू साक्षी राखी निजहरूको उपस्थितिमा खानतलासी लिनुपर्नेछ। खानतलासी लिँदा फेला परेका विदेशी विनिमय वा सोसँग सम्बन्धित लिखतको विवरण तयार गरी त्यसमा उपस्थित साक्षीहरूको समेत सहीछाप गराउनु पर्नेछ।

Share this Law

दफा ११खः शङ्का लागेको व्यक्तिको खानतलासी लिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.