दफा ३: प्रतिष्ठानस्तरको ट्रेड युनियनको दर्ता

Estimated reading: 0 minutes 3 views

दफा ३: प्रतिष्ठानस्तरको ट्रेड युनियनको दर्ता

१) सम्बन्धित प्रतिष्ठानका कामदारहरूले आफ्नो पेशागत हक हितको संरक्षण र सम्वर्द्धन गर्न प्रतिष्ठानस्तरको ट्रेड युनियनहरूको गठन गर्न सक्नेछन् ।

२) उपदफा (१) बमोजिम गठित प्रतिष्ठानस्तरको ट्रेड युनियन दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले कम्तीमा दश जना सदस्यहरूको हस्ताक्षर गराई सो ट्रेड युनियनको विधान र तोकिएको दस्तुर संलग्न राखी तोकिएको विवरण सहित तोकिए बमोजिमको ढाँचामा पञ्जिकाधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।

३) उपदफा (२) बमोजिम परेको दरखास्त उपर पञ्जिकाधिकारीले दर्ताको लागि रीत पुगे नपुगेको हेरी दरखास्त परेको मितिले वा दफा ६ बमोजिम थप विवरण मागिएकोमा त्यस्तो विवरण प्राप्त भएको मितिले पन्ध्र दिनभित्र त्यस्तो ट्रेड युनियन दर्ता गरी तोकिए बमोजिमको ढाँचामा दर्खास्तवालालाई दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।

४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित प्रतिष्ठानको कम्तीमा २५ प्रतिशत कामदारहरू सदस्य नभएको प्रतिष्ठानस्तरको ट्रेड युनियनलाई दर्ता गरिने छैन ।

५) कुनै पनि कामदार एकै समयमा एकभन्दा बढी प्रतिष्ठानस्तरको ट्रेड युनियनको सदस्य हुन सक्ने छैन ।

Share this Law

दफा ३: प्रतिष्ठानस्तरको ट्रेड युनियनको दर्ता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.