दफा १०: विधान

Estimated reading: 1 minute 6 views

दफा १०: विधान

१) ट्रेड युनियनको विधानमा देहायका विवरणहरू समावेश गरिएको हुनु पर्नेछ:-

(क) ट्रेड युनियनको नाम र ठेगाना,

(ख) ट्रेड यूनियन स्थापना गर्नुको उद्देश्य,

(ग) कार्य समितिको गठन विधि र कार्य अवधि बढीमा चार वर्ष हुने,

(घ) साधारण सदस्यता, पदाधिकारीहरूको संख्या र तिनीहरूको निर्वाचन प्रक्रिया,

(ङ) एक वर्ष अविच्छिन्न सेवा गरेको र नेपाली नागरिक कामदार मात्र पदाधिकारीमा निर्वाचित हुन सक्ने व्यवस्था,

(च) ट्रेड युनियनको कोष र त्यसको लेखा परीक्षण सम्बन्धी व्यवस्था,

(छ) ट्रेड युनियनको हिसाब किताबको जाँचबुझ तथा निरीक्षण सम्बन्धी व्यवस्था,

(ज) पदाधिकारीहरूको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउन सक्ने व्यवस्था,

(झ) ट्रेड युनियनको साधारण सभा र कार्य समितिको काम, कर्तव्य, अधिकार र बैठक सम्बन्धी व्यवस्था,

(ञ) ट्रेड युनियनको विधान संशोधन प्रक्रिया,

(ट) ट्रेड यूनियन विघटन सम्बन्धी व्यवस्था,

(ठ) ट्रेड यूनियन विघटन भएपछि ट्रेड युनियनको सम्पत्ति र दायित्व सम्बन्धी व्यवस्था ।

२) ट्रेड युनियनको विधानमा कुनै किसिमको संशोधन गरिएमा त्यसरी संशोधन गरिएको पैंतीस दिनभित्र सम्बन्धित ट्रेड युनियनले त्यस्तो संशोधनको प्रति संलग्न राखी सो कुराको जानकारी पञ्जिकाधिकारीलाई दिनु पर्नेछ र निज पञ्जिकाधिकारीबाट सो को स्वीकृति समेत लिनु पर्नेछ ।

Share this Law

दफा १०: विधान

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.