दफा ४५८: दान वा बकसमा दिएको घर हकसफा गर्न पाउने

Estimated reading: 0 minutes 3 views

१) दफा ४५५, ४५६ वा ४५७ मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै व्यहोराले आफ्नो हक छाडी एउटै घरको आधा वा त्यसको कुनै अंश वा त्यस्तो घरले चर्चेको जग्गा, लगापात दान, बकस गरी दिएकोमा त्यसरी दान वा बकस पाउनेले त्यस्तो घर वा जग्गा अर्को व्यक्तिलाई कुनै व्यहोराले हक हस्तान्तरण गरी दिए छ भने त्यस्तो दान, बकस गरिदिने व्यक्ति वा निजको सोही ठाउँमा बस्ने हकवालाले त्यस्तो हकसफा गरी लिन चाहेमा त्यस्तो घर वा त्यसको कुनै अंश वा त्यस्तो घरले चर्चेको जग्गा, लगापात हकसफा गरी लिन पाउनेछ। 

२) उपदफा (१) मा जसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै व्यक्तिबाट एउटै घरको आधा वा त्यसको कुनै अंश वा त्यस्तो घरले चर्चेको जग्गा वा लगापात दान, बकस पाएकोमा जसबाट आफूले दान बकस पाएको हो त्यस्तो व्यक्तिले त्यस्तो घर वा जग्गालाई बाँकी अर्को व्यक्तिलाई पुन: दान बकस गरिदिए छ भने त्यसरी पहिले दान बकस पाउनेले वा निजको हकवालाले त्यस्तो बाँकी हकसफा गरी लिन पाउनेछ।

३) उपदफा (१) वा (२) बमोजिम हकसफा गरी लिँदा दान, बकस गर्दा मूल्य अङ्क खुलेकोमा त्यस्तो मूल्य बराबरको रकम र मूल्य अङ्क खुलेको रहनेछ भने प्रचलित बजार मूल्य बराबरको रकम र लिखत पारित गर्दा लागेको दस्तुर साहूलाई चुक्ता गर्नु पर्नेछ।

४) उपदफा (१) वा (२) बमोजिम हकसफा गरी लिन चाहने हकवाला एकभन्दा बढी भएमा सबैभन्दा नजिकको हकवाला र नजिकका हकवाला पनि एकभन्दा बढी भएमा सबैभन्दा बढी मर्का पर्ने हकवालाले हकसफा गरी लिन सक्नेछ।

Share this Law

दफा ४५८: दान वा बकसमा दिएको घर हकसफा गर्न पाउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.