दफा ४३७: बन्धकी लिएको सम्पत्ति भोगचलन गर्नु पर्ने

Estimated reading: 0 minutes 3 views

१) साहूले भोगबन्धकीको रूपमा लिएको सम्पत्ति त्यस सम्बन्धी लिखत भएको मिति वा लिखतमा छुट्टै मिति तय भएकोमा त्यसरी तय भएको मितिबाट र दृष्टिबन्धकीमा लिएको सम्पत्ति असामीले ऋण तिर्नु पर्ने भाखा नाघेको मितिले दुई वर्षाभित्र भोगचलन गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिमको अवधि मित्र कुनै कारणवश साहूले त्यस्तो सम्पत्ति भोगचलन गर्न नसक्ने भएमा वा असामीले कुनै किसिमले भोगचलन गर्न नदिएमा त्यस्तो सम्पत्ति भोगचलनको लागि चलन चलाई पाउन कानून बमोजिम नालिस गर्न सक्नेछ ।

३) उपदफा (१) बमोजिम साहूले भोगचलन नगरेकोमा वा उपदफा (२) बमोजिम भोगचलनको लागि चलन चलाई पाउन नालिस नगरेकोमा त्यस्तो बन्धकीको स्वतः निष्क्रिय हुनेछ ।

४) उपदफा (३) बमोजिम बन्धकीको लिखत निष्क्रिय भएमा त्यस सम्बन्धी लिखत कपाली सरह हुनेछ ।

Share this Law

दफा ४३७: बन्धकी लिएको सम्पत्ति भोगचलन गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.